
अप्सरा विष्ट / बिरामी बाेकेकाे एम्बुलेन्स दुर्घटना भएकाे छ । उक्त दुर्घटनामा परि एम्बुलेन्स चालककाे मृत्यु भएकाे छ भने एम्बुलेन्समा रहेका विरामी र कुरुवाकाे ज्यान जाेगीएकाे छ ।
एम्बुलेन्समा चालक र विरामी सहित ५ सवार रहेकाे बताईएकाे छ । सड्क साघुराे भएकाे र विपरित दिशाबाट आएकाे सवारीका कारण दुर्घटना भएकाे बताईएकाे छ ।

एम्बुलेन्स सड्क छेउमा पुगी खस्ने अबस्थामा पुगेपछि चालकले सक्दाे प्रयास गरि एम्वुलेन्समा रहेका व्यक्तिहरुलाई झराए पछि दुर्घटना भएकाे हाे । गाडी सड्क देखि अन्दाजी ३ सय मिटर तल खसेकाे बताईएकाे छ ।
कर्णाली प्रदेश ०२००१ च ०१९२ नम्बरको एम्बुलेन्स खाँडाचक्र–८ को सेरावाडामा गएराती दुर्घटना भएकाे हाे । दुर्घटनामा चालक ३३ वर्षीय खगेन्द्र शाहीको मृत्यु भएको कालिकाेट प्रहरीले जनाएकाे छ । खाँडाचक्र–४ ताडीका शाही एक वर्षदेखि यो एम्बुलेन्स चलाउँदै आएकाे बताईएकाे छ ।