युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     

सप्तरी / बालुवामा गाडिएको नवजात शिशुलाई शुक्रबार जीवितै उद्धार गरिएको छ । बोदे बरसाईन नगरपालिका-५ जाँजरस्थित खडक खोलामा गाडिएको अवस्थामा फेला परेको नवजात शिशु बालकलाई जिवितै उद्धार गरिएको सप्तरी प्रहरीले जनाएको छ ।

स्थानीय उमेश साहका अनुसार टाउकोदेखि पेटसम्मको भाग खडक खोलाको बालुवामा गाडिएको अवस्थामा बालक फेला परेको हो । शिशुको खुट्टाको भाग देखेर स्थानीयले खबर गरेपछि पुगेको प्रहरीले उद्धार गरेको इलाका प्रहरी कार्यालय बोदे बर्साईनका सई अयोधिशरण यादवले बताए ।

उपचारका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल पठाइएको शिशुलाई रेफर गरेपछि साँझ शिशुलाई उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको छ । अस्पताल प्रहरी बिटका प्रहरी हवल्दार रामशंकर यादवका अनुसार शिशुलाई लिएर अस्पताल आउने स्थानीय दम्पत्तीको जिम्मा लगाएर धरान पठाइएको छ । शिशुका बुवा-आमाको भने प्रहरीले खोजी गरिरहेको छ ।

दश दिनअघि सप्तरीको छिन्नमस्ता गाउँपालिका-३ स्थित नहरमा समेत वेवारिसे अवस्थामा एक नवजात शिशु बालक फेला परेको थियो । वेवारिसे अवस्थामा फालेको उक्त नवजात शिशु बालकलाई गजेन्द्रनारायण सिंह अस्पतालले एनआइसीयूमा राखेर चार दिन उपचार गरेपश्चात धरान रेफर गरेको छ ।

जीवित अवस्थामा उद्धार गरिएको उक्त नवजात शिशु अहिले धरानस्थित प्रतिष्ठानमा सुरक्षित रहेको र स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको बताइएको छ । भर्खरै जन्मिएको दुबै शिशु बालकको आमाबुवाबारे प्रहरीले हालसम्म पत्ता लगाउन सकेको छैन् । अन्नपुर्ण अनलाईनमा समाचार छ ।

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय