
डाेटी / गएराती बैतडीमा भएकाे बस दुर्घटनामा परि ९ जनाकाे मृत्यु भएकाे छ । ३४ घाईते भएका छन् । ७ जनाकाे अबस्था गम्भीर रहेकाे छ ।
पवनदुत यातायातकाे ना ५ ख ५१४१ नम्वरकाे बस दुर्घटना भएकाे हाे । स्राेतले दिएकाे जानकारी अनुसार उक्त यातायात समितिका मानिसहरु अहिले सम्म पनि सम्पर्कमा नआएका कारण विरामीहरुकाे उपचारमा अन्याैल भएकाे छ ।

बस सड्क देखि करि २५० मिटर तल खसेकाे स्राेतले बताएकाे छ । गएराती उध्दारमा समेत खटेकाे स्राेत भन्छ, “समिति सम्पर्कमा आएकाे छैन, उपचार गराउन कहाँ लग्ने कसरी लग्ने भन्ने विषयमा अन्याैल देखिएकाे छ, केहिलाई धनगढी पठाईएकाे छ ।”
दार्चुलाको गन्ना देखि कञ्चनपुर महेन्द्रनगरका लागि छुटेको पवनदुत यातायातको ना ५ ख ५१४१ नम्बरको बस दुर्घटनामा ९ जनाको मृत्यु भएको हाे ।
मृतक मध्ये ८ जनाको घटनास्थलमै र १ जनाको डडेल्धुरा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हाे ।
प्रहरी स्राेतका अनुसार मृत्यु हुनेमा कन्चनपुरको भिमदत्त नगरपालिका ८ की कृतिका कार्की, बैतडीको डोगडाकेदार गाउँपालिकाका ६ का प्रहरी जवान रण बहादुर चन्द रहेका छन । त्यस्तै अन्यकाे ठेगाना नखुले पनि नाम पहिचान भएकाे छ । अन्य मृतकमा नरेन्द्र चौधरी, जगन्नाथ ओझा, बिमल बडु, तारा गिरी रहेका छन् ।
मृतक मध्ये २ जनाको भने अझै पहिचान खुलेकाे छैन । ३४ घाईते मध्ये ७ काे अबस्था गम्भिर रहेकाे छ । उनीहरुलाई थप उपचारका लागि धनगढी पठाईएकाे छ ।
यो पनि पढौ
भखरै भयाे बैतडीमा बस दुर्घटना, ठुलाे संख्यामा क्षेती भएकाे अनुमान विस्तृत आउन बाँकी
बैतडी दुर्घटना अपडेट : ९ काे मृत्यु, ३४ घाईते, १ काे मात्र सनाखत
अपडेट : बैतडी बस दुर्घटना, ७ मृतककाे पहिचान खुल्याे