युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     

राेजेन्द्र जाेशी / जाजरकोटको बारेकोट गाउँपालिका वडा न.१ रामीडाडाँ केन्द्रबिन्दु भएर गएको ६.४ रेक्टर स्केलको भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिम लगायतको क्षेत्रमा ठुलो मात्रमा जनधनको क्षति भएको घटनामा मलम लगाउन नेपालीहरु एकजुट देखिएका छन् ।

यस दुखकाे समयलाई शक्तिमा बदल्नका लागी अहिले विभिन्न सरकारी, गैर सरकारी र निजि क्षेत्रले राहत तथा उध्दारका लागि राहतकाे घाेषणा गरि रहेका छन् । यसै क्रममा सुदुरपश्चिम प्रदेश सरकारले घटना प्रति गहिराे दुख व्यक्त गर्दै १ कराेड दिने घाेषणा गरेकाे छ । प्रदेश सरकारका मुख्यमन्त्रीले एक विज्ञप्ति जारि गर्दै उक्त राशीकाे राहत संगै आज शनिवार भुकम्प प्रभावित क्षेत्रमा काम गर्ने गरि एक स्वास्थ्यक्रमिकाे टाेलिसहित ओषधीहरु पठाएकाे छ ।

त्यस्तै डाेटीकाे बाेगटान फुड्सिल गाउपालिकाले विज्ञप्ति जारि गर्दै भुकम्प प्रभावित क्षेत्रमा राहत तथा उध्दारका लागि २ लाख दिने जानकारी गराएकाे छ । त्यस्तै डाेटीकाे सायल गाउँपालिकाले पनि २ लाख दिने एक विज्ञप्ती जारि गर्दै घाेषणा गरेकाे छ । त्यस्तै कैलालीकाे गाेदावरी नगरपालिकाले १ लाख दिने घाेषणा गरेकाे छ ।

जाजरकोटमा केही समय अघि मात्र फेरि भुकम्पकाे धक्का महसुस गरिएकाे छ । शुक्रवार राति भुकम्प गए पछि एक सय भन्दा बढि पटक पराकम्प गएकाे बताईएकाे छ । भूकम्पमा परि मृत्यु हुनेको सङ्ख्या १ सय ४३ पुगेकाे सरकारी पक्षले पुष्टि गरेकाे भने १ सय ६६ काे संख्यामा घाईतेहरु रहेकाे बताईएकाे छ ।

भूकम्प प्रभावितको उद्धारमा परिचालित हुने जहाज र हेलिकप्टर लाग्ने इन्धन नेपाल आयल निगमले निशुल्क उपलब्ध गराउने घाेषणा गरेकाे छ । त्यस्तै नेपाल सरकारले तत्कालका लागि जाजरकोट र रुकुमपश्चिममा तत्काल १० करोड रुपैयाँ पठाउने बताएकाे छ ।

नेपाल टेलिकमले भूकम्प प्रभावित क्षेत्रमा पाँच दिनका लागि नेपाल टेलिकमको सेवा निःशुल्क प्रदान गर्ने घाेषणा गरेकाे छ भने एनसिएल कम्पनीले ५० लाख सहयाेग गर्ने घाेषणा गरेकाे छ । त्यस्तै बुद्ध एयरले भूकम्पपीडित क्षेत्रका लागी एक करोड दिने बताएकाे छ । त्यस्तै भूकम्पपीडितको लागि एनआरएनएले १० लाख सहयोग गर्ने घाेषणा गरेकाे छ ।

लुम्बिनी प्रदेश सरकारले भूकम्प प्रभावितका लागि डेढ करोड सहयोग गर्ने घाेषणा गरेकाे छ । त्यस्तै भूकम्प पीडितका लागि कोशी प्रदेश सरकारले एक करोड नगद र एक ट्रक राहत सामग्री पठाउने भएकाे छ । त्यस्तै काठमाण्डाैमा रहेका भुकम्प प्रभावित क्षेत्रमा जाने आफन्तका लागि काठमाण्डाै देखि प्रभावित क्षेत्र सम्मका लागि निशुल्क बसकाे व्यबस्था गरिएकाे छ । काठमाण्डौंबाट जाजरकोट र रुकुम पश्चिम जानुपर्ने भएमा नयाँबसपार्कबाट आज शनिवार बेलुका देखि भोलि आईतवार बिहान सम्मका निशुल्क बस संचालन हुने र जान चहाने आफन्तलाई मोबाईल नम्बर ९८४०२६६७९७ मा सम्पर्क गर्न नम्वर सार्वजनिक गरिएकाे छ ।

नेकपा एमालेले भुकम्प प्रभावित क्षेत्रका लागि १ कराेड दिने घाेषणा गरेकाे छ भने नेपाली काग्रेसले ५० लाख दिने घाेषणा गरेकाे छ । त्यस्तै नेकपा माओवादि विप्लप समुहले भूकम्प प्रभावित क्षेत्रमा २५ क्विन्टल चामल दिने घाेषणा गरेकाे छ । त्यस्तै छिमेकी मुलुक चिनले भुकम्प प्रभावित क्षेत्रमा १० कराेड बराबरकाे सामाग्री सहयाेग गर्ने घाेषणा गरेकाे छ ।

यी सबै अहिले सम्म विभिन्न संचार माध्यम तथा विज्ञप्ति मार्फत भएका घाेषणा हुन् । यसरी हेर्दा याे दुखकाे समयमा नेपालीहरु एक जुट भएकाे देखिएकाे छ । कर्णाली प्रदेशमा पिर पर्दा पूरा देश नै उक्त क्षेत्रमा मलम लगाउने प्रयासमा देखिएका छन् । उक्त क्षेत्रका लागि आबश्यक राहत तथा पुनस्थापना का लागि स्वयमसेवकहरु समेत खटि रहेका छन् भने नेपाली सेना नेपाल प्रहरी ससस्त्र प्रहरी खटि उध्दारका लागि खटि रहेकाछन् । नेपाल सरकार प्रधानमन्त्री प्रचण्ड उक्त क्षेत्रमा पुगेर फर्किएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामेछाने साेहि क्षेत्र पुगेका छन् । साेहि पार्टीका प्रतिनिधि सभा सदस्य डा. ताेसिमा कार्की ओषधी सहित विरामीकाे उपचारका लागि भन्दै खटेकी छिन् । यसरी हेर्दा जाजरकाेट र रुकुम राेई रहेकाे बेला पुरै देश राेई रहेकाे छ ।

प्रभावित क्षेत्रमा उचित राहत तथा उध्दार हाेस् । सहयाेगीहरु सहयाेग सहि ठाउमा प्रयाेग हाेस् । घाईतेहरुकाे उपचार हाेस् । खाेजिकार्य जारि रहाेस् । सबैले आआफ्नाे स्थानबाट सहयाेग गराै ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय