कैलाली / अति दुर्लभ वन्य जन्तुको सूचिमा रहेको जंगलि जनाबार सालक कैलाली जिल्लामा फेला परेको छ ।
जिल्लाको कैलारी गाउँपालिका–५ स्थित बंगालीपुर टोलमा अति दुर्लभ मानिने सालक फेला परेको हो ।
करिब ५ किलो तौल भएको संरक्षित वन्यजन्तु अन्तरगत पर्ने सालक फेला परेको उद्धार गरिएको छ । उद्धार गरिएको सालकलाई कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा छोडिने तयारी भएको डिभिजन वन कार्यालय धनगढीका प्रमुख रामचन्द्र कँडेलले बताएका छन् ।