युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     

माेहन सिं ठकुल्ला
सिलगढी,
डाेटीमा नागरिक समाज संलग्नतामार्फत प्रदेश र स्थानीय सरकारमा जवाफदेहीता सुदृढीकरण सम्बन्धी जिल्ला स्तरिय अन्तरक्रिया सम्पन्न भएकाे छ ।

आज (शुक्रबार) जिल्ला सदरमुकाम स्थित शैलेश्वरी गेष्टहाउसमा युएनडिपीको सहयोग र अवार्ड नेपाल बझाङको आयोजनामा उक्त अन्तरक्रिया कार्यक्रम गरिएकाे हाे ।

कार्यक्रममा सम्बन्धित निकायलाई हेलो सिएम(गुनासो व्यवस्थापन प्रणाली) प्रयाेगमा ल्याइ कसरी आफ्नाे गुनासाे दर्ता गर्न सकिन्छ भन्ने विषयमा छलफल गरिएकाे थियाे । हेलाे सिएममार्फत गुनासाे दर्ता गरिनुका साथै गुनासाकाे सम्पूर्ण विवरण पनि हेर्न सकिन्छ । इन्टरनेटकाे माध्यम हेलाे सिएममा कसरी आफ्नाे गुनासाे दर्ता गर्न सकिन्छ र गुनासाे दर्ता गरिसकेपछि दर्ता भयाे भएन, फर्चाैट भयाे भएन, गरेकाे गुनाेसाेकाे बारेमा अनुसन्धान हुदैछ या छैन, हेरियाे पा हेरिएकाे छैन् भन्ने लगायतका विषयमा वेबसाइटमा हेर्न सकिने बारेमा
कार्यक्रममा छलफल गरिएकाे थियाे ।

आयाेजकका अनुसार स्थानीय सरकार र प्रदेश सरकार बारेमा गुनासो वेबसाइट र मोबाइल एप्लिकेसन मार्फत दिन सकिने जानकारी दिएकाे छ । विद्युतीय प्रविधिमार्फत परेका गुनासा तथा मुद्वाहरू कति समाधान भए कति भएन भन्ने सबै कुरा वेबसाइटबाट जानकारी प्राप्त हुने गर्छ ।

गुनासाे व्यवस्थापन सम्बन्धी कार्यक्रमलाई प्रभावकारी बनाउन
सुदूरपश्चिम प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले ‘हेलो सिएम’ (गुनासो व्यवस्थापन प्रणाली) वेबसाइट www.hellocm.sudurpashchim.gov.np प्रयाेगमा ल्याएकाे अवार्ड नेपालका प्रतिनिधि तथा कार्यक्रम संचालक झलक पालीले बताए ।

मोबाइलमा पनि ‘हेलो सिएम’ सुदुरपश्चिम एप्सबाट आफ्ना गुनासा दर्ता गर्न मिल्ने प्रतिनिधि पालीले बताए ।

वर्तमान समयमा इन्टरनेटकाे कसरी सहि सदुपयोग गरेर सजिलै सुविधा लिन सकिन्छ र प्रदेशले गुनासाे गर्ने कार्यक्रम सम्बन्धी जानकारी गराउने उदेश्यले उक्त कार्यक्रमकाे आयाेजना गरिएकाे हाे। यश विषयमा हेलाे सिएमकाे वेबसाइट भिजिट गर्दा धेरै कुराकाे जानकारी लिन सकिन्छ ।

यसमा गुनासाहरू दर्ता गर्दा नाम पनि गाेप्य राख्न सकिन्छ ।

कार्यक्रमका प्रमुख अतिथि तथा दिपायल सिलगढी नगरपालिका वडा न ६ का वडा अध्यक्ष नरेश मलासीका अनुसार उक्त अन्तरक्रिया कार्यक्रममा सिकेका कुराहरूलाई आफ्ना छाेरा छाेरी अथवा अन्य व्यक्तिहरूलाई सिकाइ मागेर ‘हेलाे सिएम’ काे कसैकाे मानहानी नहुने गरि गुनासाे दर्ता गर्न कार्यक्रममा सहभागी सबैलाई बताएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय