युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     

डोटी ,कार्तिक १५
सुबास नेपाली
डोटीको सिलगढिमा ४ दिने सामुदायिक विपद प्रतिकार्य तालिम सम्पन्न भएको छ।
डोटी स्थित नेपाली सेनाको भैरव प्रसाद गणको आयोजनामा उक्त तालिम संचालन गरिएको हो।
तालिमको समापन गर्दै गणका गणपति प्रमुख सेनानी परिक्षित देउजाले तालिममा बाढी पहिरो ,आगलानी, भू–कम्प लगायतबाट उत्पन्न हुने विपदलाई मध्यनजर गरेर स्थानिय स्तरमै दक्ष स्वयंसेवक उत्पादन गरि त्यसबाट हुने जोखिम न्यूनीकरण गर्ने उदेश्यले तालिमको आयोजना गरिएको बताउनुभयो ।
डोटी जिल्ला बहुपक्षीय बिपतको जोखिममा रहेको र बिगतका घटनाले सिकाएको पाठ अनुरुप बिपद जोखिम न्यूनीकरण गर्न सो तालिम प्रभावकारी हुने गणपति देउजाले बताउनुभयो ।
उक्त तालिमले स्थानिय स्तरमै दक्ष स्वयंसेवक उत्पादन भएको र यस बाट समुदायमा हुने बिपद्का घटना घटने बित्तिकै छिटो उद्धार हुने र क्षती न्यूनीकरण हुनेमा आफू बिस्वस्त रहेको बताउनुभयो ।
कुनै पनि स्थानमा विपद आउन सक्ने भएकोले त्यस ठाउँमा नेपाली सेना लगायत अन्य उद्धार गर्ने सुरक्षाकर्मी लगायत सहयोगीहरु पुग्नु भन्दा पहिले स्थानीयहरु पुग्ने भएकोले उनीहरुलाई नै व्यवस्थापन सम्बन्धि तालिम प्रभावकारी हुने पनि गणपति देउजाले बताउनुभयो।
तालिममा बिपदका समयमा अपनाउनुपर्ने पूर्व तयारी, खोज, उद्धार, प्राथमिक उपचार तथा स्थानीय स्रोत साधनको प्रयोग सम्बन्धमा सहभागीहरुलाई सैद्धान्तिक र व्यबहारिक सीप सम्बन्धी जानकारी दिईएको थियो।
तालिममा दिपायल सिलगढी नगरपालिकाका १० जनाको सहभागीता रहेको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय