
डाेटी / डाेटीकाे दिपायलमा माेटरसाईकलकाे ठक्करबाट एककाे मृत्यु भएकाे छ ।
से५ख ९४६९ नम्वरकाे माेटरसाईकलकाे ठक्करबाट गए राती पिपल्लामा बस्दै आएका ७० बर्षिया विपिकेश्वरीकाे मृत्यु भएकाे जिल्ला प्रहरी कार्यालय डाेटीका सुचना अधिकारी तथा प्रहरी नायब उपरिक्षक ईन्द्र वहादुर मल्लले बताए ।

माेटरसाईकल प्रहरीले नियन्त्रणमा लिए पनि चालक भने फरार रहेकाे प्रहरीले बताएकाे छ । ७० बर्षिया बिक सड्क जीवन विताउदै आएकाे र मागी खाने गर्ने गरेकाे बुझ्नमा आएकाे छ । घटनाबारे थप अनुसन्धान भई रहेकाे र प्रहरी घटनास्थलमा पुगेकाे डिएसपि मल्लले बताए ।