
डाेटी / डाेटीकाे दिपायल सिलगढी नगरपालिका वडा नं. ८ काे दाङ्गमा पहिलाे पटक बिद्युत पुग्दा स्थानिय खुशी भएका छन् ।
गाँउमा विद्युत पुगेसंगै स्थानियले खुशी हुँदै वडाका जनप्रतिनिधि, स्थानिय समाजसेवि, बुध्दिजिविहरुकाे समुहलाई फुलमालाले स्वागत गरेका छन् ।

बत्तीमुनीकाे अधेराे गाउकाे रुपमा रहेकाे दाङक्षेत्रलाई डाेटी र अछामकाे स्थानिय बजारिकेन्द्र समेत मानिन्छ । लामाे समय दृखि गाउमा बत्ती नपुग्दा त्यहाका स्थानियहरु टुकै, झाेराे, मैनबत्तीबाली जीवन काट्न बाध्य थिए । अब गाउमा विजुली पुगेसंगै विद्यार्थिहरुले उज्यालाेमा पढ्न पाउने भएका छन् ।
वडा अध्यक्ष राम वहादुर खड्काले साेमवार एक कार्यक्रमका विच विद्युत ट्रान्सफरमिटरमा पुजा गर्दै विद्युतिय लाईनकाे उद्घाटन गरेका हुन् ।