कैलाली / कैलालीकाे धनगढीमा प्रहरीले घरेलु मदिरा बरामद गरिएकाे छ ।
जिल्लाकाे धनगढी उपमहानगरपालिका–२ बाट प्रहरीको टोलीले दुई हजार पाँच सय लिटर घरेलु मदिरा बरामद गरेर नष्ट गरेको कैलाली प्रहरीले जनाएकाे छ ।
१५ जना प्रहरीको टोलीले अवैध रुपमा बनाइएको घरेलु रक्सी र भाडाकुँडा बरामद गरेकाे जनाएकाे छ ।