
कैलाली / कैलालीको सुखडमा जुवाखालबाट सात जुवाडेलाई पक्राउ गरिएकाे छ ।
मंगलबार राति जिल्लाकाे घोडाघोडी नगरपालिका–१ सुखडमा अबस्थित एक घरमा जुवातास खेलिरहेको अवस्थामा घरमालिक सहित ७ जनालाई नियन्त्रणमा लिएकाे इलाका प्रहरीले कार्यालय सुखड्ले जनाएकाे छ ।
प्रहरीले उनिहरूबाट नगद ५८ हजार ४ सय ७० रुपैयाँ र ७ गड्डी ताससहित पक्राउ गरिएकाे जनाएकाे छ ।