सिलगढी / आज देशभर आंशिक बदली देखि मौसम सामान्यतया सफा रहने भएकाे छ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेकाले आज दिउँसाे देशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।
आज देशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको जानकारी दिएकाे छ । आज राति देशभर आंशिक बदली देखि मौसम सामान्यतया सफा रहने बुलेटिनमा उल्लेख गरिएकाे छ ।
त्यस्तै भाेली (बिहीबार) देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने भएकाे छ । दिउँसो देशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ । देशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेकाे माैसम पूर्वानुमान महाशाखाले जानकारी दिएकाे छ । राती भने देशभर आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ।