माेहन सिं ठकल्ला
सिलगढी,
डाेटीमा लागुऔषध नियन्त्रण महाअभियान तथा अन्य विविध सचेतनामुलक कार्यक्रम गरिएकाे छ ।
मंगलबार “समुदाय-प्रहरी साझेदारी कार्यक्रम” अन्तर्गत के आई सिह गाउपालिका ४ वायलमा उक्त कार्यक्रम गरिएकाे छ। जिल्ला प्रहरी कार्यालय डोटीकाे मातहतमा रहेका प्रहरी ईकाइहरु प्रहरी चौकी वायल, घाङ्ल,तिलताली र सानागाउँबाट खटिएको प्रहरी टोली उक्त सचेतनामुलक कार्यक्रम गरिएकाे हाे ।
उक्त कार्यक्रममा “लागुऔषध नियन्त्रण महाअभियान, ट्राफिक नियम र सडक दुर्घटना न्यूनीकरण, महिला हिंसा र छाउपढी प्रथा न्युनीकरण सम्बन्धि जनचेतनामुलक कार्यक्रम र घरदैलो कार्यक्रम सम्पन्न गरिएकाे जिल्ला प्रहरीले कार्यालय डाेटीले जनाएकाे छ ।
स्थानीय स्थरमा प्रहरी टाेलीद्वारा स्थानीय समाजसेवी, बुद्धीजिवी, महिला, बालबालिका लगायत अन्य स्थानीय निकाय एवम् संघ-संस्था तथा सरोकारवालाहरुको बाक्लो सहभागितामा उक्त महाअभियान कार्यक्रम गरिएकाे हाे ।
त्यस्तै जिल्ला प्रहरी कार्यालय डाेटीले बेलाबखतमा स्थानीय स्तरमा यस्ता विभिन्न सचेतानामूलक कार्यहरू गर्दै आएकाे छ ।
जसले गर्दा बालबालिकाहरू लागुओैषध जस्ता थुप्रै कुराहरूकाे ज्ञान प्राप्त गरि सचेत बनेका छन् ।