युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     

खगेन्द्र सिँह डोटी / शिखर नगरपालिकाका कर्मचारीहरुले स्थानीय सेवा कर्मचारी तदर्थ नगर कार्यसमिति गठन गरेका छन् । नगरपालिकाका अधिकृत लोगराज जोशीको अध्यक्षतामा बुधबार बसेको बैठकले २३ सदस्यीय तदर्थ समिति गठन गरेको हो ।

खडक बहादुर बोहरा अध्यक्ष रहेको समितिमा उपाध्यक्षमा रोजी सिंह रहेकी छन् भने सचिबमा देब बहादुर खडायत रहेका छन् । त्यसैगरी कोषाध्यक्षमा सुमित्रा थापामगर र सह–सचिबमा धिरज बहादुर खड्का रहेका छन् ।

स्थानीय तहका कर्मचारीहरुको हक अधिकार सुनिश्चित गर्नका लागि सांगठनिक रुपमा अगाडि बढ्नु परेको अधिकृत जोशीले बताए । स्थानीय तहका कर्मचारीहरुलाई राज्यलेनै हेर्ने दुष्टिकोणमा फरक रहेकोले एक भएर आवाज उठाउनु पर्ने बाध्यता रहेको बताइएको छ ।

देशव्यापी रुपमा स्थानीय सेवा कर्मचारीहरुको संगठन बिस्तार भईरहेका बेला डोटीमा भने यो पहिलो स्थानीय तहमा समिति गठन भएको हो । संघियताको जगको रुपमा रहेको स्थानीय तहहरुमा बसेर जनतासंग नजिक भएर काम गर्ने स्थानीय सेवा कर्मचारीहरुलाई राज्यले निजामती कर्मचारी सरह व्यवहार नगरी सौतेनी व्यवहार गरिरहेकाले स्थानीय तहका कर्मचारीहरुको हक हितको लागि समिति गठन गरेको नव अध्यक्ष बोहराले बताए ।

कार्यक्रममा शिखर नगरपालिकाका नगर प्रमुख सिताराम जोशीले समितिलाई शुभकामना दिंदै स्थानीय तहमा बसेर जनताको प्रत्यक्ष सम्पर्कमा रहेर काम गरिरहेका कर्मचारीहरुलाई राज्यले समान रुपमा व्यवहार गर्नुपर्ने र कार्यसमितिले समेत सबै कर्मचारीहरुको हकहितको लागि आवाज उठाउनु पर्ने बताए ।
गुरु यो समाचारको अन्तिम दोस्रो प्याराको अन्तिमतिरको नव अध्यक्ष बोहरा हुनु पर्ने खड्का भएको छ सच्याउनु होला ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय