युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     

रासस / सुदूरपश्चिम प्रदेश सरकारले कोभिडड –१९ बाट प्रभावित तथा विदेशवाट फर्किएकालाई स्वरोजगार बनाउन कृषि तथा पशुपक्षी विशेष कार्यक्रम कार्यान्वयन गर्न लागेको छ।

कृषि तथा पशुपक्षी व्यवसायवाट स्वरोजगार बनाउने लक्ष्य सहितको यो कार्यक्रम कार्यान्वयन गर्न लागिएको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले जनाएको छ। यो कार्यक्रमका लागि मन्त्रालयले सूचना प्रकाशित गरी इच्छुक व्यक्तिवाट निवेदन आह्वान गरिसकेको छ।

कार्यक्रममा तरकारी, च्याउ र फलफूल खेतीका अलावा मौरी, भेडाबाख्रा, गाईभैँसी, माछा, स्थानीय कुखुरा तथा हाँसपालनजस्ता मासुजन्य पक्षीपालन गर्न सकिने मन्त्रालयका कृषिप्रसार अधिकृत गोकुल बोहोराले बताए। तुरुन्त आयआर्जन हुने तथा स्वरोजगारी सिर्जना गर्ने कार्यक्रमलाई छनौटमा प्राथमिकता दिई कार्यक्रम कार्यान्वयन गर्न लागिएको जनाइएको छ। ‘‘माग अनुसारको प्याकेज बनाएर कार्यक्रम कार्यान्वयन गर्न लागिएको छ, फिल्डमै पुगेर अध्ययन गरी सहभागी हुन चाहने व्यक्तिको छनौट गरिने छ।”

झण्डै नौ हजार परिवारलाई स्वरोजगार बनाउने लक्ष्य लिएको यो कार्यक्रम कार्यान्वयनका लागि चालू वर्षमा १५ करोड बजेट विनियोजन गरिएको छ। पहिलो वर्ष छनौट हुने व्यक्तिलाई न्यूनतम् अनुदान उपलब्ध गराइनेछ। त्यसका आधारमा मूल्याङ्कन गरी आगामी वर्षदेखि अनुदान सहयोग वृद्धि गरिने छ l

जिल्लामा रहेका कृषि ज्ञान केन्द्र र पशु विज्ञ केन्द्र मार्फत् सञ्चालन हुन लागेको यो कार्यक्रम कार्यान्वयनका लागि मन्त्रालयले कार्यविधि बनाउन लागेको छ। यस वाहेक मन्त्रालयका नियमित कार्यक्रममार्फत् कृषि ऋण र कृषि बीमामा अनुदान, कृषिमा प्रयोग हुने विद्युत, साना सिँचाई सहयोग कार्यक्रम, फलफूल क्षेत्र विस्तार कार्यक्रम लगायतमा पनि अनुदानको सहयोग गर्ने योजना बन्न लागेको जनाइएको छ।

मन्त्रालयले विदेशवाट फर्किएका र कोरोना भाइरसबाट प्रभावितलाई लक्षित गरी कार्यक्रम कार्यान्वयनको तयारी गरिरहँदा सुदूरपश्चिमवासीहरु गौरीफंण्टा सीमा नाका हुँदै कामको खोजीमा पुनः भारत जान थालेका छन्।

गौरीफण्टा सीमा नजिक कञ्चनपुरको डोकेबजार स्थित प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक भूपाल थापाले भदौ १२ गते देखि हालसम्म झण्डै दुई हजार सुदूरपश्चिमेली कामका लागि भारत पसेको जानकारी दिए। भारतको सीमला क्षेत्रमा स्याउ टिप्ने मौसम शुरु भएकोले त्यहाँ जाने नेपाली बढेको जनाइएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय