
कैलाली / कन्चनपुरमा बालिकालाई बन्धक बनाई पाँच दिन सम्म राखी सामुहिक बलात्कार गरिएको घटना सेलाउन नपाउदै कैलालीको धनगढीमा एक २१ वर्षीया युवतीमाथि सामूहिक बलात्कार भएको घटना बाहिर आएको छ ।
मंगलबार उपमहानगरपालिकाको वडा नम्बर ४ स्थित डडेल्धुरा रेष्टुरेन्ट एण्ड बार नामक होटलमा उक्त घटना घटेको प्रहरीले जनाएको छ । आफुलाई चार जनाले होटलमा बोलाई जबरजस्ती करणी गरेको भन्दै पिडित युवतीले प्रहरीमा उजुरी दिए संगै उजुरीका आधारमा होटल संचालक कञ्चनपुर भिमदत्त नगरपालिका –९ का २० वर्षीय सन्जु पाल, डडेल्धुराको अमरगढी नगरपालिका –१ का २० वर्षीय हेमन्त दियाल, डडेल्धुराकै नवदुर्गा गाउँपालिका –२ का २४ वर्षीय दिपक भट्ट र डडेल्धुराकै अजयमेरु गाउँपालिका –१ का २१ वर्षीय टंक धामीलाई कैलाली प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ परेका सबैमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रतिक विष्टले बताए ।