युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     

शुशीला पन्त / डोटी गत श्रावणमा जिल्लाको आदर्श गाँउपालिका वडा नं. १ खलगडामा घर भत्कदा एकै परिवारका ४ सदस्यले अकालमा ज्यान गुमाए । बर्षाका कारण पुरै परिवार नै तहसनहस भएपछि पिडामा रहेका लोगे विकलाई डोटीको एक सामाजिक संस्थाले राहत स्वरुप ५६ हजार ९ सय ७० रुपैयाँ बराबरको सहयोग गरेको छ ।

थप औषधी उपचारका लागी १० हजार नगद र ४६ हजार ९ सय ७० नेपाली रुपैयाँ बराबरको विभिन्न अत्यावश्यक सामाग्रीहरु राहत स्वरुप हस्तान्तरण गरेको सम विकास केन्द्र नेपाल ईडिसिका बाल प्रायोजन अधिकृत नरेन्द्र वहादुर विक सुप (सुदूरपश्चिम) अनलाईनलाई बताएका छन् । डिसिए र एक्सनएड नेपालको आर्थिक सहयोग र सम विकास केन्द्र नेपाल डोटीको समन्वय सहकार्यमा लोगे विकको परिवारलाई खाद्यान्न, चामल, दाल, नुन, तेल, विभिन्न मरमसलाहरु, ओड्ने ओछाउने कपडा सेट लगायतका अत्यावश्यक सामाग्रीहरु ईडिसिले सहयोग गरेको हो ।

त्यस्तै लोगेको तत्काल जिविकोपार्जनका लागी एकसेट आरन सम्वन्धी कार्यका लागी सामाग्री हस्तान्तरण गरिएको छ । सोहि संस्थामा कार्यरत कर्मचारीहरुले घटना भएको समयमा पहिलो चरणमा तत्काल राहतका लागी नगद ८ हजार ५ सय ५० भाद्र २ गते हस्तान्तरण गरेको थियो । बुधबार पिडित लोगे विकको घरमा पुगी वडा अध्यक्षको रोहबरमा ५६ हजार ९ सय ७० रुपैयाँ बराबर सहयोग सम विकास केन्द्र नेपालका अध्यक्ष अधिराज विसिले गरेको बाल प्रायोजन अधिकृत नरेन्द्र वहादुर विक ले जानकारी दिए । उक्त घटनामा परि लोगे विकको श्रीमती विष्ना विक, १२ वर्षीय छोरा पारस विक, आठ वर्षीया छोरी सिर्जना विक र चार वर्षीया छोरी जेनिसा विकको मृत्यु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय