
आज वि.सं. २०८० कार्तिक ८ गते, बुधवार, ई.सं. २५ अक्टाेबर २०२३, आश्विन शुक्लपक्ष एकादशी तिथि, ज्याेतिषशास्त्र अनुसार आजकाे दिन कुन राशीकाे कस्ताे रहेकाे छ ।
मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ
प्रयास गर्दा छोटो समयमै काम बन्न सकिने छ। विभिन्न अवसर प्राप्त हुनुका साथै दैनिकीमा परिवर्तन आउन सक्छ। नयाँ काम प्रारम्भ हुनेछ भने मनग्गे आम्दानी बढ्ने याेग बनेकाे छ। उद्योग र व्यापारमा विशेष फाइदा हाेला।
वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
नयाँ कामले भविष्यमा नाम र प्रतिष्ठा दिलाउन सक्छ। कर्मक्षेत्रमा गरिएको साधना सिद्ध हुनेछ। मिहिनेतले सजिलै लक्ष्यमा पुर्याउला । उच्चपदका व्यक्तिसंग भेट हाेला सम्बन्ध कायम गराउला । व्यवसायमा पनि राम्रै फाइदा हुनेदेखीन्छ। कर्म अनुसारकाे फल प्राप्ती हाेला ।
मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह
प्रतिष्ठित काम सम्पादन गर्दै लोकप्रियता हासिल हुने याेग बनेकाे छ। शुभचिन्तकहरूको सहयोग जुट्नाले मनग्य फाइदा हुनेछ। आध्यात्मिक चेतनाले धर्मकर्म र सेवामूलक काममा प्रवृत्त गराउने छ । काममा नयाँ अवसर प्राप्त हुनेछ । पेसा–व्यवसायमा मनग्य फाइदा हुनेछ ।
कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो
बुद्धि–विवेकले काम गर्नु पर्ने अबस्था आएकाे छ । अप्ठ्यारा परिस्थिति आईलाग्न सक्छ । सचेत बनेर शान्त रुपमा कार्य गर्दा राम्रै हाेला । स्वास्थ्यमा सामान्य समस्या आउन सक्दा ध्यान दिदा राम्रै हाेला ।
सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे
केही खर्च लागे पनि घुमफिर तथा मनोरञ्जनको समय छ। भौतिक साधनले जीवनशैलीमा परिवर्तन ल्याउनेछ। अतिथिका रूपमा सत्कार पाइनेछ। परिस्थिति अनुकूल रहे पनि भौतिक सुविधाले खर्च निम्त्याउन सक्छ। विशेष निम्तो प्राप्त हुनाले आतिथ्य खर्चिलो बन्ने याेग बनेकाे छ ।
कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो
रोकिएका काम बन्नाले उत्साह जाग्नेछ। संघर्ष गरेरै अधिकार स्थापित गर्न सकिनेछ। व्यापार बढ्नुका साथै आर्थिक लाभ हुने काममा मनग्य फाइदा हुनेछ। प्रयत्न गर्दा सजिलै लक्ष्य प्राप्त हुनेछ। मिहिनेतले प्रतिस्पर्धाको दौड जिताउन सक्ला ।
तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते
अवसर आए पनि नयाँ काममा हात हाल्नुअघि राम्ररी विचार पुर्याउनुहोला। समयको गतिलाई पछ्याउन नसक्दा दुःख पाइनेछ। प्रतिकूल परिस्थितिसँग सम्झौता गर्नुपर्ला। स्वास्थ्य कमजोर रहनाले अध्ययनमा ध्यान केन्द्रित नहुन सक्ने छ ।
वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु
तत्कालको फाइदा हेर्दा परिस्थिति बिग्रन सक्छ। काममा धेरै लाभ उठाउन नसकिए पनि समस्या सुल्झनेछन्। पहिलेका कमजोरी सुधार गर्ने अवसर प्राप्त हुनेछ। भूमि तथा पशुधनबाट लाभ मिल्नेछ। टाढिएका आफन्त नजिकिन सक्लान् ।
धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
अग्रज तथा सहयोगी जुट्नाले सोचेको लाभ उठाउन सकिनेछ। कर्मयोगले नयाँ मोड लिनेछ भने पुरुषार्थी काम सम्पादन गर्दै नाम, दाम र इनाम आर्जन गर्न सकिनेछ। उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ। गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनसक्नेछ ।
मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि
बुद्धिको उपयोगले विद्या तथा धन आर्जन हुनेछ भने सम्पादित कामबाट मनग्गे धन लाभ हुनेछ। मिहिनेतले सम्मानित स्थान दिलाउनेछ। प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ। बोलीको भरमा चिताएको काम सम्पादन हुन सक्छ। प्रशंसकहरू बढ्नेछन्।
कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द
नयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू बढ्नेछन्। प्रतिष्ठित काम गर्दै नाम, दाम र इनाम कमाउने बेला छ। सहयोगीहरूले राम्रो साथ दिनेछन् भने पहिलेको सफलताले पनि थप काम गर्न हौसला प्रदान गर्नेछ। बिछोडिएका परिवारजनसँग भेटघाट हुन सक्ने छ। रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ।
मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि
छिमेकमा असमझदारी बढ्ने देखिएकाले होसियारीसाथ काम लिनुहोला। फाइदाका लागि केही वस्तु त्याग्नुपर्ला। आकस्मिक खर्च बढे पनि आवश्यक पर्दा सरसापटमार्फत धन जुट्नेछ। आफ्ना सामानमा अरूले दाबी गर्न सक्छन्। यात्रा गर्दा धनमाल सुरक्षामा ध्यान दिनुहोला। बल भन्दा बुध्दिकाे प्रयाेग गर्नु राम्राे हाेला ।