युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     
 FLASH
डाेटीमा काेराेना संक्रमण बाट मर्नेकाे संख्या १७ पुग्याे, आज थप एककाे मृत्यु | डाेटीकाे समुहगाडमा जिप दुर्घटना, एककाे मृत्यु | नागरिकता अध्यादेश कार्यान्वन नगर्न अन्तरिम आदेश | गाेजीकाे पैसाले विपन्न परिवारलाई खाद्यान्न सहयाेग | सुदुरपश्चिमका भाैतिक मन्त्री विरुध्द जाहेरी दर्ता | संवैधानिक ईजलासले अन्तरिम आदेश दिएन, सरकारलाई कारण देखाउ आदेश | सम विकास केन्द्र द्वारा २० लाख मूल्य बढीकाे स्वास्थ्य सामाग्री सहयाेग | बुधवार डाेटीमा थप ३१ जनामा संक्रमण पुष्टी | सुदूरपश्चिमका मुख्यमन्त्रीकाे पक्षमा ३० मत, जाेगियाे सुदुरकाे सरकार | स्वास्थ्य सम्वन्धी समस्या भए एक कल गर्नु हाेस्, निशुल्क परामर्श |

सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले केही दिनयता आफ्ना निकटका नेता तथा कार्यकर्तासँग छलफल गर्ने क्रमलाई तीव्र बनाएका छन् ।

भौतिक रूपमा भेटघाट गर्न नसकिएको अवस्थामा प्रविधिको प्रयोग गरेर भए पनि उनी अहिले आफू पक्षधर नेता र कार्यकर्तालाई पार्टीभित्र देखिएको अवस्थाका बारेमा अवगत गराउँदै आएको जानकारी केही नेताहरूले दिएका छन्। बुधवार उनले प्रदेश नं १ का विश्वासपात्र नेताहरूसँग जूम भेला गरेको चर्चाले अहिले नेकपावृत्तमा तरङ्ग उत्पन्न भएको छ ।

लामो समयदेखि नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँगको मतभेदका कारण पार्टीभित्र जटिल परिस्थिति सिर्जना भएको प्रधानमन्त्री ओलीले निकटस्थ नेताहरू बताउने गरेका छन् ।

पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले चर्चामा आए जस्तो प्रधानमन्त्री ओलीले आफू निकटका कार्यकर्तालाई जूम बैठकमा बोलाएर एकपक्षीय धारणा राखेको हो भने त्यो पार्टी हितविपरीत भएको टिप्पणी गरेका छन् ।

प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीले बुधवार जूम बैठकमा प्रदेश नं १ का आफू निकटस्थ नेता तथा कार्यकर्तासँग कुरा गरेको नेकपाका प्रदेश नं १ का नेता तथा कार्यकर्ताहरूले पुष्टि गरेका छन् ।

उक्त बैठकमा ओलीपक्षीय १७ नेताको सहभागिता रहेको प्रचण्डपक्षीय नेताहरूको दाबी छ । ओलीपक्षीय नेताहरूले यसबारे खुलेर कुरा गर्न चाहेनन् ।

तर सत्तारूढ नेकपाका प्रदेश नं १ का अध्यक्ष देवराज घिमिरेले केही समययता प्रधानमन्त्री ओलीसँग आफ्नो पनि सम्पर्क निकै बाक्लिएको बताए ।

उनले भने, “म त जूम मीटिङमा उपस्थित हुन पाइनँ, बाहिर जानु थियो। तर प्रधानमन्त्रीज्यूको कुरा पार्टीभित्र दिनहुँ बढिरहेको जटिल परिस्थितिलाई कसरी निकास पाउने भन्ने नै हो ।”

ओली निकट मानिने झापाका एक जना नेता शिव ढुङ्गेलले जूम बैठकका बारेमा आफूले सञ्चारमाध्यमबाट थाहा पाएपछि केही नेतासँग कुरा गरेको बताए।

उनले भने, “तत्कालीन एमालेको नारा ुजनताको बहुदलीय जनवादुका कुरा मीटिङमा भयो भएन भनेर टिप्पणी म गर्दिनँ। तर आगामी महाधिवेशनमा वर्तमान प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीले उक्त नारालाई जोडतोडका साथ उठाउनुहुन्छ। त्यो चाहिँ पक्का हो ।”

तर बैठकको कुरा बाहिर कसरी आयो भन्ने कुराले आफू छक्क परेको नेकपा झापाका अध्यक्ष चिन्तन पाठकले बताए। “मीटिङमा के९के विषय उठे भन्नेबारे अहिले म केही बोल्दिनँ । यति हो, गोप्य कुरा कसरी बाहिर आयो” उनले भने ।

बैठकमा उपप्रधानमन्त्री ईश्वर पोखरेल पनि सहभागी भएको कुरा चर्चामा आए पनि त्यसबारे आधिबमरी बाहिर आएको छैन ।

बुधबार गरिएको जूम बैठकबारे पार्टीमा कुनै सल्लाह नभएको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।

श्रेष्ठले भने, “यो बारे मलाई कुनै जानकारी छैन। मैले पनि मिडियाबाटै थाहा पाएको हुँ ।”

चर्चामा आए जस्तो जनताको बहुदलीय जनवादलाई ब्युँताउने कुरा बैठकमा गरिएको भए त्यसले पार्टीलाई हानि हुने उनको तर्क छ ।

उनले भने, “जबजलाई तल्लो तहसम्म पुर्‍याएर लाइन बनाउने, मदन भण्डारी फाउन्डेशनललाई गाउँसम्म पुर्‍याउने र पार्टीलाई फुटसम्मको स्थितिमा पुर्‍याउने भन्ने कुरा जसरी चर्चामा आएको छ। यो पार्टीको मर्मविपरीत हो ।”

बिबिसि नेपाली सेवा अनलाईन संस्करणबाट साभार

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय