एजेन्सी / कोरोना संक्रमणको सबै भन्दा बढी संक्रमित देखीने तेस्रो मुलुकको रुपमा रहेको भारतमा कोरोना भाइरस दिनमा १ हजार भन्दा बढी मानिसहरुको मृत्यु भई रहेको छ ।
बुधबारको तथ्यांकलाई मात्र हेर्ने हो भने आज मात्र १ हजार १ सय १५ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । त्यस्तै मंगलबार भारतमा १ हजार १ सय ३३ जनाले कोरोना संक्रमणका कारण ज्यान गुमाएका थिए । भारतमा मात्रै अहिले सम्म ७३ हजार ८ सय ९० जनाले ज्यान गुमाएको भारतिय स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
भारतमा पछिल्लो २४ घण्टामा ८९ हजार ७ सय ६ नयाँ कोरोना संक्रमित फेला परेका छन् । यो संगै भारतमा कोरोना भाइरस संक्रमित हुनेको संख्या ४३ लाख ७० हजार १ सय २९ पुगेको भारतीय संचार माध्यमहरुले जनाएको छ ।