
राेजेन्द्र जाेशी, डाेटी / सत्तारुढ दल नेकपा पार्टी फुटकाे संघारमा रहेकाे समाचार आई रहेकाे समयमा नेकपाका नेता तथा संघिय सरकारका उद्याेग वाणिज्य तथा आपुर्तिमन्त्री लेखराज भट्टले पार्टीका कार्यकारी अध्यक्ष प्रचण्डकाे बाेलीकाे ठेगान नहुने बताएका छन् ।
पार्टी सचिवालयका ६ सदस्य सहित प्रचण्ड निवास खुमलाटारमा भएकाे छलफलमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपि शर्मा ओलीले अब अलग अलग जाउ भनी बताएकाे भनी प्रचण्डले ब्रिफिङ गरेकाे भनी समाचार बाहिर आएकाे प्रशंगमा साेधीएकाे प्रश्नमा मन्त्री भट्टले पार्टी नफुट्ने प्रष्ट पार्दै प्रचण्डकाे बाेलिकाे ठेगान नभएकाे जिकिर गरेका हुन् । भट्टले भने, “टुडिखेलमा भएकाे कार्यक्रमका बारेमा थाहा छ, अध्यक्ष प्रचण्ड कमरेडले ५ हजारकाे जिम्मा म लिन्छु अरुकाे तपाईं लिनु हाेस् भन्नू भएकाे थियाे । दुबै अध्यक्ष बिच बिमति छन् विमती बैठकबसी छलफल गर्नु पर्छ र विवाद समाधान गर्नु पर्छ ।”

मन्त्री भट्ट पुर्व माओवादी नेता हुन् । उनले पुर्व माओेवादी कमाण्डर समेत रहेका प्रचण्डकाे बाेलिकाे ठेगान नभएकाे बताएका हुन् । अर्का प्रंशगमा अर्थ मन्त्री तथा पार्टी महासचिव विष्णु पाैडेलले गरेका टुईटकाे विषयले पार्टी फुट्ने निश्चित जस्तै भयाे नि भनी साेधिएकाे प्रश्नमा मन्त्री भट्टले भने, “पार्टी फुट्ने कुरा हाेईन विमतिका कुरा हुन् । कुन विषषमा विमति छ बसेर समाधान हुन्छ । हामी भएर नै उहाहरु नेतृत्वमा हाे अब हामीले नै साथ नदिए पार्टी कसरी फुट्छ । सबै नेताहरु मिलेर समस्या समाधान हुन्छ ।”
नेकपाका दुबै खेमका नेताहरुकाे कुरा सुन्दा पार्टी फुटकाे संघारमा रहेकाे भए पनि कतिपय नेताहरु भने पार्टी फुटाउन नहुने पक्षमा रहेका छन् । प्रचण्डले सत्ता परिवर्तनकाे प्रस्ताब लगेकाे र ओेलीले अलग भएर जाने प्रस्ताव ल्याएका भन्ने दुबै अध्यक्षकाे एक अर्कामा आराेप रहेकाे देखिन्छ । पटक पटककाे विवादले नेकपाकाे तल्लाे कमिटीका नेता कार्यकर्तामा समेत निरासता छाएकाे देखिन्छ ।