
काठमाण्डौ / मुलुकमा दैनिक शान्ति सुरक्षा कायम गर्न खट्ने सुरक्षा संयन्त्रका ४ हजार सुरक्षाकर्मि कोरोना भाईरसको संक्रमणमा परेका छन् ।
शान्ती सुरक्षाको जिम्मा पाएको नेपाल प्रहरीका अधिकृत तथा जबान गरि २ हजार ३ सय १७ जना कोभिड–१९ (कोरोना) भाइरसबाट संक्रमित भएका छन् । त्यस्तै हाल सम्म नेपाली सेनाका ७ सय ४३ जना र सशस्त्र प्रहरी बलमा ८ सय ८६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको अनलाईन खबरले समाचार प्रकाशन गरेको छ ।
सुरक्षा निकाय तर्फका कुल संक्रमित मध्ये एक हजार ३ सय ५० जना सक्रिय संक्रमित रहेका छन् । जसमा प्रदेश १ मा २ सय १६ जना, प्रदेश २ मा ६८ जना, बागमतीमा ६९ जना, गण्डकीमा ८३ जना, प्रदेश ५ मा १ सय ८ जना र सुदुरपश्चिममा १७ संक्रिय संक्रमित रहेका छन् ।
सुरक्षाकर्मिहरुमा नै कोरोना संक्रमण पुष्टी हुन थाले पछि मुलुको सुरक्षा व्यवस्थामा समस्या आउन सक्ने आकलन गरि संक्रमित देखिएका सुरक्षा अधिकारीहरुले आईसोलेसनमा बसी सुरक्षा कमाण्ड सामाली रहेको प्रहरी श्रोतले बताएको छ ।
उपत्यकामा सुरक्षा इकाइको कमाण्ड गरिरहेका दुई जना प्रहरी नायब उपरीक्षक (डीएसपी) सहित करिब ८ सय प्रहरी संक्रमित छन् । हाल संक्रमित प्रहरी कमाण्डरले आइसोलेसनबाट सेटबाटै शान्ति, सुरक्षाको मोनिटरिङ गर्दै छन् भने फोनबाट अपरेशनमा खटाउँछन् ।