
काठमाडौँ । पेट्रोलियम पदार्थको मूल्य फेरि ओरालाे लागेकाे छ । नेपाल आयल निगमले पेट्रोलको मूल्य ११ रूपैयाँले ओरालाे (घटाएकाे ) लागेकाे विज्ञप्ति मार्फत जानकारी दिएकाे छ ।
आज (आइतबार) राति १२ बजेदेखि लागू हुनेगरी निगमले पेट्रोलको मूल्य प्रतिलिटर ११ रुपैयाँ र डिजेलको मूल्य लिटरमा ५ रुपैयाँले घटाएको उक्त विज्ञप्तिमा उल्लेख गरिएकाे छ ।
भारतीय आयल कर्पोरेसन (आईओसी)बाट घटेर नयाँ मूल्य प्राप्त भएका कारण मूल्य समायोजन गरिएको निगमले जनाएको छ ।