कञ्चनपुर / कञ्चनपुरमा १६ वर्षीया बालालिकालाई बन्धक बनाई सामूहिक बलात्कार भएको घटनामा एक जना पक्राउ परेका छन ।
पाँच जना युवाले पाँच दिनसम्म बन्धक बनाएर सामूहिक बलात्कार गरेको भन्दै बेलडाँडी गाउँपालिका –५ की बालिकाले प्रहरीमा उजुरी दिएपछि आरोपरी पाँच जना मध्येको एक जनालाई पक्राउ गरिएको हो । बालिकाले दिएको उजुरीमा आफुलाई लागुऔषध खुवाई पाँच दिन सम्म बन्धक बनाई आफु माथी पाँच दिन सम्म सामुहिक बलात्कार भएको उल्लेख गरिएको बताईएको छ ।
पिडितले प्रहरीमा दिएको उजुरीका आधारमा सोही ठाउँका मनमोहनसिँह साँउदलाई पक्राउ गरेको र बाँकीको खोजी भई रहेको कञ्चनपुरका प्रहरी नायव उपरीक्षक अमरबहादुर थापाले बताएका छन् ।