युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     

काठमाडौं, ८ भदौ । प्रमुख विपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले क्रियाशील सदस्यनै नरहेको व्यक्तिलाई नेपाली कांग्रेस वित्तीय तथा सहकारी संस्था समन्वय विभागको सचिवमा मनोनीत गरेपछि विरोध भएको छ ।

सभापति देउवाले साउन २५ गते भण्डारीलाई विभागको सचिव बनाएका हुन् । यो विभागको संयोजक कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वसांसद आनन्दप्रसाद ढुंगाना छन् ।

कांग्रेसका उपसभापति विमलेन्द्र निधि निकट मानिने ढुंगानाको सिफारिसमा देउवाले पार्टीको विधान, २०१७ (संशोधन सहित) को धारा २५ (९) बमोजिम नेपाली कांग्रेस वित्तीय तथा सहकारी संस्था समन्वय विभागको सचिवमा मनोनीत गरेका हुन् ।

गोरखा जिल्ला स्थायी घर भएका भण्डारी नेपाली कांग्रेसमा सक्रिय थिएनन् । उनी कांग्रेसको क्रियाशील सदस्य नै छैनन् । विभागमा मनोनीत हुन क्रियाशील सदस्य रहनुपर्ने व्यवस्थालाई देउवा र निधिले लत्याएका छन् ।

तत्कालीन माओवादीका नेता एवम् पूर्वसभामुख कृष्णबहादुर महरा निकट मानिने भण्डारीले ललितपुरको पुल्चोकमा लालिगुराँस सहकारी चलाउँदै आएका छन् । सहकारीमा भण्डारीका धेरै काण्ड छन् ।

तत्कालीन माओवादी नेता महरा निकटका भण्डारीलाई कांग्रेसको विभागको सचिव बनाएकोमा विरोध भइरहेको छ । भण्डारीलाई सचिव बनाएपछि देउवा निकटका गोरखा र सहकारीहरूमा रहेका शुभेच्छुकहरूले देउवा गुट छाड्न थालेका छन् ।

‘सुरेन्द्र भण्डारी आधा माओवादी र आधा कांग्रेस भएका व्यक्ति हुन्’, स्रोतले भन्यो, ‘कृष्णबहादुर महरा निकटका भण्डारीलाई विभागको सचिव बनाएर कांग्रेसमा योगदान गरेका र सिनियर नेताहरूको मानमर्दन भएको छ ।’

विवादित छविका भण्डारीले उपसभापति निधिको ‘महेन्द्रनारायण निधि स्मृति अस्पताल’लाई करोडौं रुपियाँ चलाउन दिएको स्रोतले जनाएको छ ।

विभागका प्रमुख तथा केन्द्रीय सदस्य ढुंगाना समेत उनै भण्डारीले दिएको गाडी चढ्ने गरेका छन् ।

विभागमा सदस्य र पदाधिकारी बन्न आर्थिक चलखेल भएको भनेर आरोप लागिरहेका बेला सहकारी विभागका सचिव भण्डारीमाथि ठूलो प्रश्न उब्जिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय