
सुपअनलाईन डेस्क / नेपालमा बाईसे चौविसे राज्य थियो भन्ने ईतिहासमा धेरै पटक पढेको हुनु पर्छ । नपढेको भए पनि सुन्नमा धेरै आउन्छ ।नेपालको ईतिहासका विद्यार्थिहरुलाई यसका बारमा अझ बढी जानकारी होला ।
धेरै राज्य थियो धेरै राजा थिए । गोर्खाका तत्कालिन राजा पृथ्वी नारायण शाहले नेपाल एकिकरणको अभियान थाले । बल, छल, कपट जे गरे पनि उनले ससाना रुपमा रहेको राज्यहरुलाई एकीकरण गर्दै नयाँ मुलुकको निर्माण गरे । नाम राखियो नेपाल । जहाँ अहिले नेपाली वीर पुर्खाको गाथामा गर्भ गर्छन् र नेपाली भएकोमा छाती चौडा गर्छन् ।

राजाको सक्रियकाल थियो केही समय चल्यो विचको समयमा आएर जंग वहादुर राणाको प्रधानमन्त्रीको रुपमा नेपालमा उदय भयो । जसका कारण १ बर्ष भन्दा बढी समय यो मुलुकको बागडोर राणा सरकारको हातमा पुग्यो । २००७ सालमा नेपालमा प्रजातन्त्र आयो । प्रजातन्त्र आए संगै राजाको सक्रिय शासनकाल सुरु भयो ।
राजालाई प्रजाले मान्दै गर्दा राजालाई निरङ्कुश हुन रहर जाग्यो नेपालमा पञ्चायती शासन सुरु भयो । पञ्ययती शासनकालमा राजाका नजिक हुनेले बढी लाभ समेत लिए । पञ्चायतका विरुध्दमा जनता सड्क देखि सदन सम्म बोल्न थाले । जनआन्दोल भयो, राजाले पञ्चायत हार्यो, प्रजातन्त्रको पुन वहाली भयो । जनताका छोरा जनताको मतले प्रधानमन्त्री हुने दिन सुरु भयो । यो बेला सम्म आउदा जनताको ठुलै आश थियो । जनता आशमा नै बस्नु पर्यो ।
त्यस पछाडीको दिनमा नेपालीका लागि ठिकठाकै चलेको मान्नु पर्छ । राजा विरेन्द्र लोकप्रिय राजाको रुपमा उदय भए । सबैले मान्न थाले । त्यसका बाबजुत नेपालमा २०५२ सालबाट युध्दको सुरुवात भयो । २०५८ मा पुग्दा राज दरबार हत्या काण्ड भयो । मुलुक अशान्तीमा रहेको समयमा युध्द चलि रहेको समयमा दरबारमा हत्या काण्ड हुदै राजा विरेन्द्रको बंश नास भयो । ज्ञानेन्द्र राजाका रुपमा उदय भए । ज्ञानेन्द्रलाई पनि राजा मान्नेको संख्या कम थिएन । अहिले सत्तामा रहेका र प्रतिपक्षमा रहेका समेतले ५ रुपैया दाम चढाएको ईतिहास साक्षी छ ।
ज्ञानेन्द्रले बुबा महेन्द्रले कु गरे झै पञ्चायत फिर्ता ल्याउने उदेश्यका साथ तत्कालिन जन निर्वाचित शेरवहादुर देउवाको नेतृत्वमा रहेको सरकारलाई हटाएर देशमा शासनभार आफ्नो हातमा लिए ।
युध्दमा रहेको तत्कालिन माओवादी शसस्त्र युध्दमा थियो । सेना हात हलियार मात्र नभई आफ्नो जनसरकार घोषणा गर्दै अघि बढी रहेको थियो तया सत्ताच्युत भए पछि नेपाली काग्रेश र नेकपा एमाले छटपटाई रहेका थिए । उनीहरु संगै अन्य दलहरु पनि राजाका विरुध्दमा सक्रिय हुँदै थिए ।
सत्ताच्युतको पीडा र २०५२ साल देखि युध्द गर्दै आएको माओवादी विच सहकार्य भयो । देशमा आन्दोलन सुरु भयो । राजा र राजसंस्थाका विरुध्दमा नारा लागे सड्क ताते । सबै जनता, पेशागत संघ संगठन, कर्मचारी सबै सड्कमा आए । तत्कालिन राजा ज्ञानेन्द्र र उनको मन्त्री मण्डललाई थेकि नसक्नु भयो अन्तमा एउटा घोषणा गर्दै जनताको नासो जनतालाई फर्काई बक्सेका छौ भन्दै शाहि घोषणा आयो ।
अब सुरु भयो राजनिति, देशको मुहार परिवर्तन गर्ने भन्दै नया संविधान आयो । जनताले जनताका लागि बनाएको कानुन आयो । राजा र राजसंस्थालाई विदाई गरियो । लोकतन्त्र हुँदै मुलुक गणतन्त्रीक बन्यो । मुलुकको पुनसंरचना भयो १४ अञ्चल ७५ जिल्लाको साटो ७७ जिल्ला भयो, ७ प्रदेश भए , ६७४३ वडाहरु स्थानिय तह बने । अब जनताले राहतको सास फेर्न पाउन्छन् । साच्चै जनताको समस्या समाधान हुन्छ भन्दै जनताले आश गरे । गणतन्त्र आए पछि पनि जनताको अपेक्षा पूरा हुन सकेको छैन । अझै हाम्रा जनप्रतिनिधिहरु बेला बखत विवादमा आउने गरेका छन् । भष्ट्राचार र कमिसनको खेल सुरु भएको छ । यसै विच सामाजिक संजालमा हाम्रा जनप्रतिनिधिहरुको विभिन्न कुराहरु भाईरल हुने गरेकाछन् । यसै मध्यका भाईरल भएका ७ तस्विर हुन् यी ।