ऐजेन्सी । पछिल्लो समय भुकम्पको कहर नै चलेको देखिएको छ । नेपालको बझाङ्गलाई केन्द्र विन्दु बनाई पटक पटक भुकम्प गई रहेको समयमा शनिवार भुकम्प जाँदा अफगानिस्तानमा एक सय भन्दा बढीको मृत्यु भएको छ ।
अन्तराष्ट्रिय संचार माध्यमहरुले जनाए अनुसार स्थानिय मध्याह्न समयमा ६.१ म्याग्निच्युडको भूकम्प जाँदा ३ सय भन्दा बढीको मृत्यु भएको उल्लेख गरेको भएपनि अफगानिस्तानको राष्ट्रिय विपद् प्राधिकरणका अधिकारीले १०० जनाको मृत्यु भएको पुष्टि गरेको छ ।
अफगानिस्तानको हेरातबाट ४० किलोमिटर उत्तरपश्चिममा केन्द्रविन्दुर बनाई गएको भुकम्पले सयौं घर भत्किएका छन् । भुकम्प प्रभावित क्षेत्रमा राहत तथा उद्धारको कार्य भई रहेको अन्तराष्ट्रिय संचार माध्यमहरुले जनाएको छ ।