
कञ्चनपुर / कञ्चनपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाकाे मृत्यु भएकाे छ भने एक जना घाइते भएकाे छन् ।
जिल्लाको दोधाराचाँदनी नगरपालिका–६ मा शुक्रबार राति दुर्घटना हुँदा सोही ठाँउका २५ वर्षीय चालक गोपाल सुनारको घटनास्थलमै मृत्यु भएको छ । अर्का माेटरसाइकल चालक घाइते भएका छन् । घाइते चालकाे उपचार भैरहेको प्रहरी स्राेतले जानकारी दिएकाे छ ।
रातिकाे समयमा म १ प २४६८ नम्बरको मोटरसाइकल र से २ प १४५२ नम्बरको मोटरसाइकल आपसमा ठोक्किदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएकाे छ ।