युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     

विमल विष्ट, डोटी / अव्यवस्थित विद्युतीकरणका कारण जिल्लामा भौतिक र मानवीय जोखिम बढ्दै गएको छ।  विद्युत् विस्तारका लागि तानिएका अव्यवस्थित तथा नाङ्गो तारका कारण भौतिक र मानवीय जोखिम बढ्दै गएको हो। जथाभावी तानिएका विद्युत्का नाङ्गो तारमध्ये कतै अग्लो रुखमा त कतै घरको छतमा टाँसिएका कारण कुनैबेला पनि करेन्ट लाग्न तथा आगलागी हुनसक्ने उच्च सम्भावना भएकाले स्थानीयवासीमा त्रास फैलिएको छ।

जिल्लाको शिखर नगरपालिका, आदर्श गाउँपालिका, केआइसिंह गाउँपालिका, दीपायल सिलगढी नगरपालिकाका विभिन्न वडामा गरिएको विद्युत् विस्तारका लाइन लामो समयदेखि व्यवस्थित गरिएको छैन। अग्लो रुखमा टाँसिएका विद्युत्का नाङ्गो तारका कारण सामान्य पानी पर्दासमेत करेन्ट प्रवाह हुने तथा विद्युत्को फ्यूज उड्ने र विद्युत् सञ्चालन बन्द हुने गरेको दीपायल सिलगढी नगरपालिका–४ गैराका स्थानीयवासी कैलाश विकले बताए।

उनले भने, “गाउँमा विस्तार भएका विद्युत्का तार नाङ्गो र रुख छोएर गएका छन्, पानी पर्दा रुखमा करेन्ट प्रवाह हुन्छ, समय समयमा तार छुइने हुँदा फ्यूज उडेर घण्टौँसम्म लाइनसमेत जाने गरेको छ, खतरा बढेको छ।” यसरी अव्यवस्थितरुपमा तानिएका तारले नागरिकको सुरक्षा जोखिम बढाएको भन्दै पटकपटक विद्युत् कार्यालयमा जानकारी दिँदासमेत तार व्यवस्थापनका लागि कुनै पहल नगरिएको स्थानीयवासीको आरोप छ।

अव्यवस्थित तथा नाङ्गो तारका कारण जिल्लाको सबैभन्दा बढी दीपायल सिलगढी नगरपालिकाको हलिखोला, गैरा, कुमालीकोट, सुनगढा, पिपल्ला, घट्टेखोला, आदर्श गाउँपालिकाको बाझककानी, भुँण, मौवानगरदह, चासी, केआइसिंह गाउँपालिकाको काफली, रानागाउँ, दल्ल, चन्केसैन, पलेडी, कुलाऊ, छाती, वायल तथा खिशर नगरपालिकाको आली अतुराली, मुडेगाउँ, कपल्लेकी, खुडखुडा र सुर्खाललगायतका स्थानमा बढी जोखिम बढेको स्थानीयवासी बताउँछन्।

जथाभावी विद्युत्का तार तानेका कारण यहाँका दर्जनौँ गाउँका नागरिकको सुरक्षा जोखिम बढाएको शिखर नगरपािलका–३ का स्थानीयवासी तेजबहादुर बोगटीले बताए। उनले भने, “वर्षौं पहिले विद्युत् विस्तार गर्ने क्रममा आलो रुखलाई विद्युत् पोल बनाएर तार तानिएको छ, जति बेला पनि घटना हुनसक्ने भएकाले सुरक्षा जोखिम बढेको हो।” अव्यवस्थित तानिएका विद्युत् तारका कारण जिल्लामा विगत चार वर्षको अवधिमा करेन्ट लागेर १२ जनाको ज्यान गइसकेको छ।

जिल्लामा अव्यवस्थितरुपमा तानिएका तारका कारण विद्युत् अनियमित हुने, ट्रान्सफर्मर सर्ट हुने, बत्ती डिम जल्नेलगायतका समस्या हुँदै आएको दीपायल सिलगढी नगरपालिका–४ का स्थानीयवासी शैलेन्द्र शाहले बताए। उनले भने, “अव्यवस्थित तारका कारण बत्ती आउने जाने समस्या हुँदै छ, कार्यालयको लापरवाहीले कहिले घटना हुन्छ थाहा छैन।” डोटी विद्युत् वितरण केन्द्र दीपायलका प्रमुख कपिलदेव जोशीले अव्यवस्थित तथा रुखमा पोल बनाई विद्युत् विस्तार गरिएका ठाउँमा नयाँ पोल गाडेर विद्युत् विस्तार गरिने बताए। उनले भने, “म कार्यालय प्रमुख भएर आउनुभन्दा पहिले यसरी विद्युत् विस्तार गरिएको रहेछ, अहिले जानकारी पाएँ, अब छिट्टै ती ठाउँमा फलामे पोल गाडेर विद्युत् विस्तार गर्ने र्छौं।”

गाउँमा मात्रै नभएर यहाँका प्रमुख बजार दीपायल, पिपल्ला, राजपुर तथा जिल्ला सदरमुकाम सिलगढीमा समेत अव्यवस्थित विद्युत् तार विस्तार गरिएका कारण समस्या हुँदै आएको छ। बजेट अभावका कारण बजारमा विस्तार गरिएका तारको उचित व्यवस्थापन गर्न नसकिएको डोटी विद्युत् वितरण केन्द्र दीपायलले जनाएको छ।

अव्यवस्थित विद्युत् विस्तारका कारण जिल्लामा कयौँ पटक आगलागीसमेत भएको छ। विद्युत् सवस्टेशनको कार्यालय पिपल्लामा समेत अव्यवस्थित विद्युत् विस्तार तथा नाङ्गो तार छोडिएका कारण विसं २०७१ मा आगलागी हुँदा करोडौँका उपकरण जलेर खरानी भएका थिए। आगलागीपछि अहिले उक्त कार्यालयमा अन्डरग्राउण्ड तार विस्तार गरिएको छ।

#रासस

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय