युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     

जुम्ला / सुदुरपश्चिमको कैलाली जिल्लाको धनगढी उपमहानगरपालिकामा डियुटीमा रहेको अबस्थामा असै र एक जवानको ज्यान लिने गरि भएको हत्या काण्ड सेलाउन नपाउदै टिउटीमा रहेको प्रहरी टोली माथी सांघातिक आक्रमण भएको अर्को समाचार बाहिर आएको छ ।

कर्णाली प्रदेशको जुम्ला जिल्लामा पर्ने कनकासुन्दरी गाउँपालिकास्थित कनकासुन्दरी मन्दिरमा सुरक्षार्थ खटिएको प्रहरी टोलीमाथि सांघातिक आक्रमण भएको हो ।

सोही गाउँपालिका वडा नं. ५ का वडाध्यक्ष विर्खबहादुर खत्रीसहितको ११–१२ जना समुहले डिउटीमा खटेका प्रहरी समुह माथी सांघातिक आक्रमण गरेको हो ।

सांघातिक आक्रमणबाट घाइते भएका प्रहरी जवान कमलसिंह विष्टले भने, ‘कनकासुन्दरी मन्दिरमा कोरोना संक्रमणका वेला भिडभाड कम गर्न सुरक्षार्थ खटिएका थियौँ । सुरक्षार्थ ड्युटीमा खटिएर मन्दिरबाट फर्किने क्रममा आइतबार साँझ आक्रमण भयो ।’
उनले भने, ‘एक्कासि वडाध्यक्ष खत्रीसहितको ठूलो समूह आएर बर्दी लगाएका प्रहरीमाथि सीधै आक्रमण भयो । हामी प्रहरी दुई–चारजना प्रहरी मात्रै थियौँ ।’

उनले भने, ‘ठूलो समूहमा आएपछि हाम्रो के लाग्थ्यो र ? ढुंगामुडा र लाठीले पिट्नसम्म पिटे । बेहोस नहुन्जेलसम्म पिटेछन् । अस्पताल ल्याएको पनि थाहा भएन ।’

अस्पताल ल्याएको दुई घन्टापछि मात्र होस आएको उनले बताए । घाइते प्रहरी विष्टका अनुसार अहिले उनको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा उपचार भइरहेको छ ।

टाउकोमा पाँचवटा टाँका लगाइएको छ । छाती, नाक र दायाँ कुमको जोर्नीमा समेत गम्भीर चोट लागेको छ । अहिले दुईजना प्रेम भन्ने अंकित खत्री र दानबहादुर बोहरा प्रहरीको नियन्त्रण लिई थप अनुसन्धान भई रहेको प्रहरी जनाएको छ ।

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय