
डोटी / पछिल्लो समय नेपाली पत्रकारीता क्षेत्रमा खोजमुलक पत्रकारीतामा कमी आएकोले अबको पत्रकारीता खोज मुलक हुनु पर्ने अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदुरपश्चिम प्रदेशका संयोजक खड्कराज जोशी बताएका छन् ।
द्धन्दकालिन अबस्थाको एक मुद्धाको विषयमा थप अध्ययन गर्नका लागी अछाम आएका संयोजक जोशीले डोटीका पत्रकारहरु संगको भेटघाट कार्यक्रममा यस्तो बताएका हुन् ।
जोशीले भने– अहिले हामीले लेख्ने विषय औपचारीक कार्यक्रमसंग बढी सम्वन्धति हुने गरेको छ । नेपालमा चलेको द्धन्द शान्ती प्रक्रियामा आएको यति लामो समय भई सक्यो तर द्धन्दको समयमा बेपत्ता भएका व्यक्तिहरुको अत्तोपत्तो अहिले सम्म हुन सकेको छैन ।
जोशीले थपे– ततकालिन अबस्थामा पक्राउ परेका व्यक्ति अहिले सम्म घर फर्केका छैनन् । न त उनको नाम शहिदको टिष्टमा छ, न त वेपत्ताको लिष्टमा छ । समाजमा बालविवाह, जातिय विभेद, मानअधिकारका अनेकौ घटनाहरु घटेका छन् तर त्यसको विषयमा बाहिर आउदैन । यस्तो विषयमा खोजअनुसन्धान हुन आजको आबश्यकता हो ।
नागरिक समाज, मानवअधिकारकर्मि, पत्रकार सबैले मिलेर सवन्वय सम्पर्कका आधारमा अघि बढ्न सके अन्यायमा परेकाले न्याय पाउने र मानवअधिकारको सम्मान समेत हुने भएकोले सबैले मिलेर अघि बढ्नु पर्ने समेत उनले बताए । डोटीको सिलगढीमा सम्पन्न भएको उक्त भेटघाट कार्यक्रममा डोटीका मानवअधिकारकर्मि, अधिकारकर्मी तथा पत्रकारहरुको सहभागीता रहेको थियो ।