डोटी / पत्रकार झलक पालीले विश्वभर महामारीको रुपमा कोरोना भाईरसको संक्रमण फैलिई रहेको समयमा अग्रपंक्तिमा रहि सेवामा समर्पण हुने डोटीको दिपालयमा रहेको ईलाका प्रहरी कार्यालयमा कार्यरत प्रहरीहरुलाई सहयोग गरेका छन् ।
प्रेश संगठन नेपालको केन्द्रिय लेखा आयोग सदस्य समेत रहेका पालीले ईलाका प्रहरी कार्यालय दिपालयको कार्यालयमा पुगी २० वोतल सेनिटाईजर र एक सय थान मास्क सहयोग गरेका हुन् । इलाका प्रहरी कार्यालय इञ्चार्ज सइ रमेश शाही उक्त सामाग्री सहयोग लिदै पत्रकार पालीलाई धन्यवाद दिएको अनेरास्ववियुका नेता प्रकाश जोशीले बताएका छन् ।