डोटी / विश्वभर महामारीको रुपमा कोरोना भाईरसको संक्रमण फैलिई रहेको समयमा अग्रपंक्तिमा रहि सेवामा समर्पण हुने डोटीका ट्राफिक प्रहरीलाई एक युवाले स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका छन् ।
सत्तारुढ नेकपाका युवा नेता तथा राष्ट्रिय युवा संघ, नेपालका केन्द्रिय सदस्य समेत रहेका नरेश मलासीले सुरक्षाको अग्रपंक्तिमा खट्ने ट्राफिक प्रहरीलाई कोरोना भाईसरको संक्रमणबाट जोगिन मास्क सेनिटाईजर पञ्जा लगायत स्वास्थ्य सामाग्री सहयोग गरेको अनेरास्ववियुका नेता प्रकाश जोशीले बताएका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय दिपालयमा पुगी मलासीले सामाग्री हस्तान्तरण गरेका हुन् ।
यस भन्दा पहिले पनि नेता मलासीले दिपायल सिलगढी नगरपालिका वडा नं. ९ कलेका युवाहरुलाई खेलुकद सामाग्री, जिल्ला प्रहरी कार्यालय डोटीलाई खानेपानी, मास्क सेनिटाईजर लगायका सामाग्री सहयोग गरेका थिए । सुपअनलाईन संग कुरा गर्दै मलासीले, आगामी दिनहरुमा जिल्लाका विभिन्न स्थानिय तह, नगर क्षेत्रका वडावडामा पुगेर र नागरिकको अबस्थाको बारेमा जानकारी लिने र आफुले गर्न सक्ने सहयोग गर्ने बताएका छन् ।