
विराटनगर / प्रदेश १ सरकारले दशै भन्दै पिसिआर परिक्षण ल्याब बिदा अबधीभर बन्द रहने भनी निर्णय गरेको दिन निजि क्षेत्रले स्थपना गरेको पिसिआर मेसिन उदघाटन गर्ने प्रदेश नं.१ का कानून मन्त्रीलाई कोरोना संक्रमण पुष्टी भएको छ ।
आज शुक्रबार प्रदेश १ का आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मतकुमार कार्कीलाई कोरोना संक्रमण पुष्टि भएको हो ।

आफूलाई कोरोना पोजेटिभ देखिएको मन्त्री कार्कीले सामाजिक सञ्जाल फेसबुक मार्फत जानकारी दिएका हु्न् ।
हिजो बिहीबार मात्र विराटनगरमा एउटा निजी क्षेत्रले सञ्चालन गरेको ल्याबको मन्त्री कार्कीले रिबनकाटी उदघाटन गरेका थिए ।
पोजेटिभ देखिएपछि बिराटनगरमा आफ्नै निवासमा आइसोलेसनमा बसेको कार्कीले बताएका छन् ।