
काठमाण्डौ / पेट्रोलियम पदार्थको मूल्य फेरि बढेकाे छ । खाना पकाउने ग्यास र हवाई इन्धनको मूल्य बढेको हाे ।
गएराति १२ बजेबाट लागू हुने गरी आयल निगमले पेट्रोल, डिजेल, मट्टीतेल, खाना पकाउने ग्यास र हवाइ इन्धनको मूल्य बढाएको नेपाल आयल निगमले प्रेस विज्ञप्तिमा उल्लेख गरिएकाे छ ।
नेपाल आयल निगमले सनिवार विज्ञप्ति जारी गरेसँगै बारम्बार यसरी पेट्रोलियम पदार्थको मूल्य बढ्दै जादा आम उपभोक्ताहरू मारमा परेका छन् । याे विषयलाई लिएर आम उपभोक्ताकाे ढाँड सेक्ने गरि मूल्य अभिवृद्धि भएकाे भन्दै सामाजिक सञ्जाल लगायतका क्षेत्रमा चर्काे आलाेचना भैरहेकाे छ ।
निगमले पेट्रोल लिटरमा दुई रूपैयाँ र डिजेल तथा मट्टीतेल लिटरमा ६ रूपैयाँ बढाएको छ भने खाना पकाउने ग्यासको भने प्रतिसिलिन्डर दुई सय १५ रूपैयाँ बढेको छ । त्यस्तै हवाई इन्धन आन्तरिक र अन्तर्राष्ट्रिय दुवैमा प्रतिलिटर ८ रुपैयाँ बढाइएको छ ।
निगमले तय गरेको नयाँ मूल्य देशभरका विभिन्न ठाउँअनुसार लागू हुनेछ। निगमले पेट्रोलियम पदार्थको मूल्यका लागि ठाउँहरूलाई तीन वर्ग विभाजन गरेको छ। खाना पकाउने ग्यासको भाउ देशभर नै प्रतिसिलिन्डर २१ सय १० रूपैयाँ पर्नेभएकाे छ ।