डडेल्धुरा / डडेल्धुरामा करेन्ट लागेर युवकको मृत्यु भएको छ ।
आलिताल गाउँपालिका– ७ राउजालीका वर्ष २२ का राजेश बिष्टको करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएकाे छ ।
शनिबार साँझ मेन लाइनबाट तार तानेर नजिकैको सुनखोलामा माछा मार्ने क्रममा उनलाई करेन्ट लागेको खुलेकाे छ ।
करेन्ट लागिसकेपछि उपचारका लागि जोगबुडा अस्पताल लगिएको हाे । अस्पतालले उनलाई मृत घोषणा गरेको थियाे