दार्चुला/ दार्चुलामा एक वृद्धकाे मृत्यु भएकाे छ । जिल्लाको शैलशिखर नगरपालिकामा घरको सिँढीबाट लडेर ७० वर्षीय वृद्धाको मृत्यु भएको हो।
शुक्रबार आज बिहानकाे समयमा नगरपालिकाको वडा ९ गाँजरीका कलावती महरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।
आफ्नै घरको सिँढी बाट लडेर बेहोस भएकी महरको उपचारको क्रममा गोकुलेश्वर अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएकाे छ ।