सर्लाही/
सर्लाहीमा जलाउन लागिएको शव प्रहरीले नियन्त्रण लिएर परिवारका तीन सदस्यलाई पक्राउ गरेकाे छ ।
जिल्लाकाे रामनगर गाउँपालिका १ खैर्वाका सुनिल साहकी २१ वर्षीया श्रीमती मनिषा साहको शव प्रहरीले चिताबाट नियन्त्रणम लिएकाे थियाे । तर घटना शंकास्पद देखिएपछि घाटबाटै प्रहरीले युवतीका पति सहित परिवारका तीन जना सदस्यलाई पनि नियन्त्रणमा लिएको छ ।
बुधबार दिउँसो मनुषमारा घाटमा जलाउन ठिक्क पारेको अवस्थामा मनिषाको शव नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएकाे छ ।
पति सुनिल, ससुरा रामेश्वर र देवर रामबाबुलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर अनुसन्धान भैरहेको सर्लाही प्रहरी कार्यालयले जानकारी दिएकाे छ ।