![](https://supaonline.com/wp-content/uploads/2023/09/koliform.jpg_.2023-08-04.jpg)
डाेटी सिलगढी / जिल्ला सदरमुकाम सिलगढी डाेटीमा उपभोक्ताले प्रयोग गर्दै आइरहेको खानेपानीमा दिशामा भेटिने किटाणु काेलिफर्म पाएकाे छ ।
स्वास्थ्य कार्यालय डोटीले सिलगढीमा निरन्तर आइरहने खानेपानीकाे ७ वटा नमुना परीक्षण गर्दा सबैमा दिशाको टिकाणु भेटिएको स्वास्थ्य कार्यालय डोटीले जनाएकाे छ ।
सिलगढीमा खानेपानी उभाेक्ताहरूले प्रायः पहिलेदेखि धमिलो पानी पिउनु पर्ने बाध्यता रहेकाे छ ।
सिलगढीमा आउने खानेपानीको मुहान मछेन्तोलामा कोलिफर्म ३ वटा भेटिएको छ भने त्यस्तै खानेपानी ट्याङ्की सिलगढी ३ वटा, धारामा २ वटा र उपभोक्ताकाे गाग्रीमा १ वटा कोलिफम देखिएको छ । त्यस्तै मछेन्तोला खानेपानीमा ३५ टा ट्याङ्कीमा २० वटा धारामा १५ वटा र गाग्रीमा १३ वटा काेलिफर्म भेटिएको स्वास्थ्य कार्यालय डाेटीले जनाएकाे छ
सदरमुकाममा आइरहेको खानेपानीमा कोलिफर्म देखिएको सिलगढी खानेपानी उपभोक्ता समितिले जानकारी दिएकाे छ । खानेपानीमा काेलिफर्मकाे संख्या बढ्ने वित्तिकै क्लाेरिनकाे प्रयाेग गर्ने जानकारी दिएकाे छ । पानीमा किटाणु देखा परेपनि मान्छेकाे नभइ जंगली जनावरकाे हुन सक्ने खानेपानी समितिले अनुमान गरेकाे छ ।
उक्त दूषित खानेपानीकाे कारण उपभोक्ताहरूमा महामारी ,आउ, हैजा, छाला सम्बन्धी अन्य राेगहरूकाे संक्रमण बढ्ने उच्च जाेखिम रहन्छ । पानीमा काेलिफर्म देखि भन्ने कुरा सुनेपछि उपभोक्ताहरू पानी कसरी पिउने भनेर चिन्तित बनेका छन् ।