कर्मचारी तहका कर्मचारीले अब देखि कार्यालयको कामकाज गर्नुपूर्व १५ मिनेटको योगाभ्यास गर्नुपर्ने भएकाे छ ।
बुधबार नेपाल सरकार गृह मन्त्रालयले एउटा पत्र जारी गर्दै सरकारी कर्मचारीले प्रत्येक दिन सवा दश बजेसम्म याेग गर्नुपर्ने व्यवस्था गरेकाे हाे ।
उक्त पत्रमा भनिएकाे छ गृह मन्त्रालय र उपत्यकास्थित विभाग, कार्यालयका अधिकृतदेखि उच्च तहसम्मका सम्पूर्ण कर्मचारीहरूको सहभागितामा एक दिवसीय ध्यान विज्ञान कार्यक्रम सञ्चालन भैसकेको जानकारी दिएकाे छ ।
अन्य तहका कर्मचारीहरूका लागि समेत निकट भविष्यमै प्रशिक्षण प्रदान गरिने योजना रहेकाे पत्रमा उल्लेख गरिएकाे छ ।
कम्तीमा १५ मिनेट समय योगाभ्यास गरेर मात्र आ- आफ्नो कार्यजिम्मेवारी प्रारम्भ गर्ने व्यवस्था मिलाउन सरकारी कार्यालयलाई आग्रह गरेकाे छ ।
अन्य कर्मचारीहरुलाई योग प्रशिक्षण प्रदान गरी सकेपछि सोही अनुरुपकाे योग तथा ध्यान गर्ने व्यवस्था र वातावरण बनाउन निर्देशन दिएकाे छ ।