बझाङमा जबर्जस्ती करणी आरोपमा १३ वर्षीय नाबालक पक्राउ परेका छन् । आइतबार जिल्लाकाे छबिसपाथिभेरा गाउँपालिका–१ सुङ्ला बस्ने २८ वर्षीया अपांग महिलालाई जबरजस्ती करणी गरेको आरोपमा १३ वर्षीय नाबालक पक्राउ गरेकाे जिल्ला प्रहरी कार्यालय बझाङले जनाएकाे छ ।
नाबालक ती अपांग महिलालाई आइतबार दिउँसो ३ बजेकाे समयमा जबरजस्ती करणी गरि फरार रहेका थिए । करणी गरि फरार भएका नाबालकलाई प्रहरी कमाण्डमा खटिएको टोलीले साेहि दिन साँझ साढे छ बजेतिर बालुवाटार नजिक पुरानो घरमा लुकिरहेकाे अवस्थामा फेला पारेर पक्राउ गरेकाे प्रहरी कार्यालयले जानकारी दियाे ।
जबर्जस्ती करणी आराेपित नाबालकका बुबाको पहिले नै निधन भइसकेको छ । आमा साेहि दिन डोटी गएका बेला नाबालकले यस्तो घटना घटाएको प्रहरी स्राेतबाट खुल्न आएकाे छ ।