काठमाण्डौ / नेपालीसेनाको एक गणले एकै दिनमा २ सय २५ शैय्याको आईसोलेशन वार्ड तयार पारेको छ ।
कोरोनाको महामारी बढ्दै गए पछि नेपाली सेना र उनीहरुका आश्रित परिवारका सदस्यहरुमा कोरोना संक्रमण देखिएमा उपचार उदेश्यका साथ वीरदल गण सूर्य विनायकले एकै दिनमा उक्त संख्याको आईसोलेशन तयार पारेको हो ।
माथिबाट निर्देशन प्राप्त हुने बित्तिकै गणको टिमले एकैदिनमा सल्लाघारी स्थित सैनिक महाविद्यालयको भवनको २५ वटा कोठामा एक सय ५० शय्या र सूर्यविनायकमा रहेको गणमा ७५ शैय्या गरि २ सय २५ शैय्याको आइसोलेशन वार्ड तयार वीरदल गणका गण प्रमुख सेनानी शिवप्रसाद पौडेलले बताएका छन् ।
पछिल्लो समय नेपाली सेना कार्यरत कर्मचारीहरुमा समेत कोरोनाको संक्रमण देखिन थाले पछि विशेषसतर्कताका साथ कोरोना रोकथामका लागी सेना तयारीमा जुटेको छ ।
ADVERTISEMENT