युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     

अहिले नोबेल कोरोनाभाइरस (कोभिड १९) ले विश्वलाई नै आक्रान्त पारेको छ । सन् २०१९ डिसेम्बर ३१ मा चीनको वुहानमा पहिलोपटक देखापरेको कोभिड १९ विश्वभर फैलँदा कैयन् देश अहिले पनि ठप्प छन् । केही महिनायता दिनहुँजसो लाखौंको संख्यामा संक्रमित थपिने र हजारौंको संख्यामा मृतक थपिरहने क्रम जारी छ । विश्व महाशक्तिका दाबेदार देशहरु पनि प्रविधिको प्रयोग गरेर आफ्ना दैनिकी सञ्चालन गरिरहेका छन् । यसबाट हाम्रा जस्ता अविकसित देशहरु पनि अछुतो रहन सक्ने कुरै भएन ।

विश्व स्वास्थ्य संगठनका महानिर्देशक डा. टेड्रोस अडानोम ग्रेबियससले दक्षिण एसियामा नेपाल पनि उच्च जोखिममा रहेको दुई महिनाअघि नै जानकारी दिँदै सचेत गराएका थिए । कोरोनाबाट बच्न नेपालमा विगतमा १२० दिन केन्द्र सरकारले देश ठप्प बनायो । हिजोआज स्थानीय तहले निषेधाज्ञा लगाइरहेका छन् । तर, कोरोना नियन्त्रण तथा रोकथामका यी प्रयास राजनीतिका अगाडि तुच्छ सावित भइरहेको छ ।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपा र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस नै यतिबेला गाउँगाउँमा भेला, कार्यकर्ता भेटघाट र पार्टी प्रवेश गराउने होडबाजीमै लिप्त छन् । महामारीमा प्रशासनको निर्देशन अवज्ञा गर्दै सभा, सम्मेलन, भेलालगायत भीडभाड हुने कार्यक्रम गर्नु अहिलेका परिस्थितिमा मानव बस्तीमा डढेलो लगाउनुसरह हो । तर, राजनीतिका अगाडि यी सबै गतिविधि फिक्का देखिएका छन् ।

पार्टीगत सभा, भेला गर्ने जिल्लामा अग्रस्थानमा बझाङ छ । ठूला मुख्य राजनीतिक दल कांग्रेस र नेकपालाई चुनावी रौनक लागेको छ । बझाङ प्रशासनले भदौ ३ गते नै कोरोनाको जोखिम बढेको भन्दै सभा–भेला बन्द गर्ने निर्णय गरेकै दिन सदरमुकामसमेत पर्ने जयपृथ्वी नगरपालिकामा सयौंको जमघट हुने दुईवटा भेला भए कांग्रेस र नेकपाका ।

नेकपाबाट निर्वाचित प्रतिनिधिसभा सदस्य तथा केन्द्रीय सदस्य भैरवबहादुर सिंह, पूर्वमन्त्री एवं प्रदेश सह–इन्चार्ज भानुभक्त जोशी, प्रदेशसभा सदस्य, जिल्ला स्तरका नेता तथा स्थानीय जनप्रतिनिधिसहित करिब दुई सयको उपस्थितिमा नगरपालिका १० मा डेढ सय जनालाई पार्टी प्रवेश गराइयो । सोही दिन जयपृथ्वी नगरपालिका ७ मा कांग्रेसका जिल्ला पूर्वसभापति पृथ्वीबहादुर सिंह, पूर्वसभापति सत्यराज भण्डारीलगायतका करिब दुई सय जनाकै उपस्थितिमा १२० जनालाई पार्टीमा भित्र्याइयो । पार्टी प्रवेशपछि खिचिएका सामूहिक तस्बिरले अहिले पनि सामाजिक सञ्जाल रंगिएको छ ।

प्रशासनले सामूहिक कार्यक्रम गर्न बन्देज गरेको दिनमात्रै होइन, त्यसपछिका प्रत्येक दिनहरुमा पार्टीका कार्यक्रम चलिरहेका छन् । अहिले बझाङमा कांग्रेस र नेकपाले पाँच सात सयको हाराहारीमा कार्यकर्ताहरु भित्र्याएको नेताहरुले दाबी गरिरहेका छन् ।

अहिले अमेरिकामा पनि राष्ट्रपतीय निर्वाचनका लागि चुनावी रौनक छाएको छ । तर, कोरोना महामारी भन्दै प्रविधिको प्रयोग वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम र राष्ट्रपतिका उम्मेदवार जो बाइडन नै भर्चुअल मिटिङ गरिरहेका छन् । नेपालमा भने कोरोना कहरका बेलामा पार्टीप्रति आस्थावान कार्यकर्ता, शिक्षकलगायतका भ्रातृ संगठनले गाउँगाउँमा गएर कमिटी गठन, सदस्यता वितरण र संगठन विस्तार गरिरहेका छन् ।

बझाङमा भएका भेलाहरुको सामाजिक सञ्जालमा चर्को आलोचना भएको छ । कोरोना महामारीका बेलामा पनि समुदाय स्तरमा कार्यकर्ता तानातानमा जुटेको भन्दै सामाजिक सञ्जालमा तीव्र आलोचना भएको हो । अशोक जोशी नाम गरेका फेसबुक प्रयोगकर्ताले लेखेका छन्, ‘जो जता गए पनि सबै हाम्रै मान्छे हुन् । कोरोनाबाट बचौं, सामाजिक दूरी कायम गरौं । बझाङ छान्ना गाउँपालिकाको रैलो ।’

कांग्रेसमा महाधिवेशनको चटारो र नेकपामा कार्यकर्ता रोकछोप

अहिले कांग्रेसमा महाधिवेशनको चटारो छ । त्यसैले समुदाय स्तरमा कांग्रेसको उठबस बाक्लिएको हो । बझाङमा मात्रै होइन, देशभर समुदाय स्तरमा कांग्रेसका नेता कार्यकर्ता कोरोनालाई बेवास्ता गर्दै भेटघाट, पार्टी प्रवेश र सदस्यता वितरणमा तल्लीन छन् । पाँच वर्षमा एकपटक सदस्यता वितरण गर्ने कांग्रेसले अहिले महाधिवेशनको मौका छोप्दै सदस्यता वितरण गरिरहेको छ । अहिले समर्थक र मतदातासँग उठबस बढाउनु र आउँदा चुनावमा क्षेत्रगत सिट सुरक्षित गर्नु कांग्रेसको मूल उद्देश्य हो ।
नेकपा भने कार्यकर्ता रोकछोपमा जुटिरहेको छ । तीनै तहका सरकारको नेतृत्व गरिरहँदा पनि नेकपासँग अधिकांश मतदाता र कार्यकर्ता नै सन्तुष्ट नभएपछि फरक दलमा प्रवेश गर्दै आइरहेका छन् । त्यसको प्रत्यक्ष फाइदा कांग्रेसलाई मिलेको छ । सत्तारुढकै असन्तुष्टहरु विपक्षीको साथ, सहयोग र समर्थन पाएपछि बिना प्रलोभन पार्टी परित्याग गरिरहेको कांग्रेस नेताहरु बताउँछन् ।
नेकपाका केन्द्रीय र जिल्ला स्तरका नेताहरु भने समुदाय स्तरमा गएर कार्यकर्तालाई ‘पर्ख’ भन्दै रोकिरहेका छन् । कांग्रेसले गाउँघरमा गएर कार्यक्रम गर्न थालेपछि नेकपाका नेताहरु पनि कोरोना माहामारीलाई बेवास्ता गर्दै विभिन्न बहानामा गाउँ छिरेका छन् ।
केन्द्रीय कमिटीका सदस्यहरु नै गएपछि ‘कोही अन्य पार्टी त केही पुराना कार्यकर्ता’लाई पार्टीमा प्रवेश गराइरहेका छन् । भोलि कांग्रेसको भेला हुने ठाउँहरुमा आजै गएर कार्यकर्तालाई रिझाउने र आफ्नो पकड क्षेत्र स्थिर राख्न नेकपा नेताहरु दौडधुप गरिहरेका छन् ।

कोरोना सचेतनाको बहाना

अहिले देशभर नै कोरोनाभाइरसको महामारी रोक्न सरकारले विभिन्न उपाय अपनाइरहेको छ । एक जना सम्भावित संक्रमितको पीसीआर परीक्षण गरेर कोरोना पोजेटिभ देखिनुमै सरकारले एक लाख ४ हजार रुपैयाँ खर्च गरिहरेको दाबी गरेको छ । यसअनुसार सरकारले कोरोना नियन्त्रणका लागि अर्बौं खर्च गरिरहेको छ ।

भाइरस नियन्त्रणकै लागि धेरै ठाउँमा निषेधाज्ञा लगाइएको छ । तर, सत्तारुढ दलका नेतासहित विपक्षीका नेताहरु भने पार्टी प्रचारमा मग्न छन् । उनीहरुलाई ‘विश्वलाई नै उथलपुथल गराइरहेको कोभिड’ भन्दा भीमकाय राजनीति नै लागिरहेको छ ।

कांग्रेस बझाङ पूर्वसभापति पृथ्वीबहादुर सिंह भन्छन्, हामी गाउँघरमा सामान्य रुपमा कोरोना सचेतनासहित भेटघाटमा गएका थियौं । सत्तारुढकै कार्यकर्ताहरु असन्तुष्ट भएर हाम्रो पार्टीमा प्रवेश गर्न चाहेपछि हामीले सदस्यता दिएका हौं । पार्टीको प्रसारप्रसारमा भने गएका होइनौं न त हामीले सम्मेलन नै गयौं न त भेला ।’

पार्टी प्रवेश गर्ने ठाउँमा पनि स्वास्थ्य सामग्री प्रयोग गरेर ३० मिनेटको अन्तरमा सेनिटाइजर प्रयोग र सामाजिक दूरी कायम गरेर पार्टी प्रवेश गराएको उनले दाबी गरे । ‘पार्टी प्रवेशको लर्को लागेपछि सदस्यता दिनुपरेको हो । कोरोना महामारीको सचेतनाका लागि गाउँघरमा गएका बेला सत्तारुढ पार्टीसँग असन्तुष्ट भएर कांग्रेसमा प्रवेश गर्नेको संख्या बढेपछि महामारीको सबै मापदण्ड अपनाएर उहाँहरुलाई स्वागत गरेका छौं ।’
नेकपा बझाङका अध्यक्ष मीनबहादुर कुँवरले पनि आफूहरु कोरोनाको सचेतना फैलाउन गएको दाबी गरेका छन् । ‘जिल्लाका स्थानीय तहहरुमा केन्द्रीय नेताहरुसहित बाढीपहिरोको अनुगमनमा गएका बेला फरक दलका कार्यकर्ताले हामीलाई पनि नेकपाको सदस्यता चाहियो । अहिले आबद्ध भएको पार्टीमा हाम्रो राजनीतिक भविष्य अन्यौल भयो भन्दै नेकपामा प्रवेश गर्न चाहेपछि स्वागत गरेका हौं,’ उनले भने ।

पार्टी प्रवेशमा आ–आफ्नै दाबी

अहिले कांग्रेस महाधिवेशनको ‘नरम’ चुनावी रौनक चलेका बेलामा आफ्नो पुरानो साख जोगाउन देश दौडाहामा छ । त्यस्तै नेकपा पनि आफ्नो साख जोगाउन पर्ख र हेरको अवस्थामा समुदाय स्तरमै जुटेको छ । तर, यी राजनीतिक दलको समुदायमा छिर्ने मुख्य उद्देश्य भने कोरोनाको सचेतना अभियान नै भएको दाबी छ ।

नेकपा र कांग्रेसका नेताहरू आमसभा, भेला, सम्मेलन आयोजना भने आफूहरूले नगरेको दाबी गरिरहेका छन् । कांग्रेस बझाङका पूर्वसभापति सिंहले भने, ‘राज्यसत्ताले गरेको विभेदपूर्ण व्यवहार, बेवास्ता र मपाईंत्वका कारण नेकपाका कार्यकर्ता कांग्रेसमा प्रवेश गरेका हुन् ।’ उनका अनुसार नेकपाका करिब सात सय कार्यकर्ता भदौमा मात्रै कांग्रेसमा प्रवेश गरेका छन् । ‘अब उहाँहरुलाई क्षमता र योग्यताका आधारमा पार्टीमा स्थान दिइन्छ ।’ उनले भने ।

नेकपाका जिल्ला अध्यक्ष कुँवरले पनि नेताहरु बाढीपहिरो र विपदको क्षति अनुगमन गर्न गाउँ गएका बेला कांग्रेस र अरू दलप्रति वितृष्णा जागेका कार्यकर्ताहरू नेकपामा प्रवेश गरेको दाबी गरे । उनका अनुसार अहिले बझाङमा भदौमा मात्रै करिब पाँच सय जना नेकपामा प्रवेश गरेका छन् । ‘अनुगमनमा जाँदा पार्टी प्रवेशको लर्को लागेपछि हामीले रोक्न सकेनौं । हामीले त्यस्तो कार्यक्रम त अहिलेसम्म गरेका छैनौं । हामी कोरोनाभाइरसप्रति सचेत छौं । समुदायस्तरमा सचेतना फैलाउँछौं,’ उनले भने ।

नेकपाबाट कांग्रेसमा पार्टी परित्याग गरेर गएको भन्ने कुरालाई भने उनले ठाडै अस्वीकार गरे । कुँवरले भने, ‘अहिले कांग्रेसमा नेकपा परित्याग गरेर गएका भन्ने समाचारमा कुनै सत्यता छैन । अहिलेसम्म हाम्रो कुनै कार्यकर्ता पनि गएका छैनन् । नेकपासँग कार्यकर्ता सन्तुष्ट छन् । कांग्रेसले संख्या बढाउनका लागि आफ्नै कार्यकर्तालाई सदस्यता दिएर पार्टी प्रवेश गरेको नाटक मञ्चन गरेको हो ।’

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय