काठमाण्डौ / सोमबार मात्रै नेपालमा ९ सय ७९ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । यो संगै नेपालमा कोरोना संक्रमित हुनेहरुको संख्या ४७ हजार २ सय ३६ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
कुल संक्रमितहरु मध्ये १६ हजार २ सय ५९ जना संक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्त जागेश्वर गौतमले बताएका छन् ।
हाल सम्म ३० हजार ६ सय ७७ जना संक्रमित डिस्चार्ज भएका छन् भने पछिल्लो २४ घण्टामा १ हजार ७ सय ३६ जना संक्रमित डिस्चार्ज भएको गौतमको भनाई छ । देश भरमा पछिल्लो २४ घण्टामा ९ हजार २ सय १८ जनाको पिसिआर परिक्षण भएको थियो । अहिले पनि ४ हजार ७ सय ३९ जना क्यारेन्टाईनमा रहेको गौतमले जानकारी दिए ।