
काठमाडौं / आईतवार कर्णली प्रदेशका मुख्यमन्त्री महेन्द्र कुमार शाही विरुद्ध १८ जना प्रदेश सदस्यहरुले दर्ता गराएको अविश्वासको प्रस्ताब माथी पार्टीको केन्द्रिय कमिटीले चासो देखाउदै प्रदेश कमिटी पदाधिकारीहरुलाई काठामाण्डौ पुग्न भनिएको छ ।
श्रोतेले दिएको जानकारी अनुसार नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले कर्णाली प्रदेशका पार्टी पदाधिकारीलाई काठमाडौं झिकाएका हुन् ।

कर्णाली प्रदेशको विवादलाई लिएर मंगलबार बालुवाटारमा भएको ओली र प्रचण्ड विचमा भएको छलफलपछि प्रदेशका पदाधिकारीलाई काठमाडौं बोलाइएको हो । उनीहरुलाई बिहीबार काठमाडौं आउन भनिएको स्रोतले जनाएको छ ।
कर्णाली प्रदेशको संसदीय दलमा विवाद चुलिएपछि त्यही विषयको छलफलका लागि अध्यक्षद्वयले प्रदेश कमिटीका पदाधिकारीलाई काठमाडौं बोलाएका हुन् ।