कैलाली / सुदुरपश्चिममा एकै दिन थप ६३ जना नेपाली सेनामा कार्यरत कर्मचारीहरुमा कोरोना संक्रमण पुष्टी भएको छ ।
सेती प्रादेशिक अस्पतालमा सोमबार भएको परिक्षणमा सुदुरपश्चिम पृतना तालिम शिक्षालय गोरङ्गेमा कार्यरत ६३ जनामा कोरोना संक्रमण देखीएको श्रोतले बताएको छ । कैलालीको लम्कीचुहा नगरपालिकामा रहेको उक्त पृतनामा कार्यरत २ सय ४५ जनाको थ्रोव श्वाव संकलन गरिएको थियो । यस भन्दा पहिले सोहि तालिम शिक्षालयमा कार्यरत ४ जनामा कोरोना संक्रमण देखिएपछि बाकीको नमुना संकलन गरिएको थियो ।
केहि दिन अघि मात्र डोटीमा कार्यरत २१ जना नेपाली सेनामा कार्यरत कर्मचारीहरुमा एकै दिन कोरोना संक्रमण पुष्टी भएको थियो ।