डोटी : नेकपा (एकीकृत समाजवादी) पार्टीका नेता तथा प्रतिनिधि सभा डोटीबाट गठबन्धनका साझा उम्मेदवार प्रेम बहादुर आले मगरले नेकपा एमाले डोटीले झुटको खेती गरिरहेको बताएका छन् ।
शुक्रबार लोकतान्त्रिक बाम गठबन्धन डोटीले के.आइ.सिंह गाउँपालिकाको राना गाउँमा आयोजना गरेको चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै आलेले यस्तो बताएका हुन् ।
आफ्नो नाम बेचेर एमालेले गौरी ओलीलाई भोट मागिरहेको आरोप लगाएका छन् । “एमालेका कार्यकर्ता प्रेम आले हाम्रो नेता हो सुर्यमा मतदान गर्नुस् भनिरहेका छन् आलेले भने, गौरी ओली हाम्रो नेता हो भन्दै भोट माग्नुस् , भ्रम फैलाउने काम नगर्नुस् ।” स्वच्छ प्रतिस्पर्धा गर्न उनले आग्रह गरेका छन् ।