युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     

कैलाली/ कोभिड १९ का कारण जिल्ला प्रशासन कार्यालयले जिल्लामा जारी गरेको निषेध आदेशलाई १६ दिन पछि खुकुलो पारे पनि भाद्र ३१ गते सम्म उक्त कार्यालय कुनै पनि सेवा प्रवाह नगर्ने जनाएको छ ।

कार्यालयले सूचना जारी गर्दै निधेषआज्ञा जारी नै रहेको र नागरिक जिवनमा केहि सहजता ल्याउनका लागी केहि परिवर्तन गरिएको भए पनि आफ्नो कार्यालयबाट प्रवाह हुने सेवाहरु तत्काललाई संचालनमा नआउने बताएको छ । विशेष गरि प्रशासन कार्यालयले वितरण गर्दै आएको नागरिकता, पासपोट लगायतका कार्यहरु बन्द नै रहने प्रशासनले जनाएको छ ।

प्रशासकिय अधिकृत यादव बहादुर भण्डारीले हस्ताक्षर गरिएको सूचनामा भनिएको छ, ‘निषेध सम्बन्धी आदेश कार्यान्वयन गर्ने गराउँने सन्दर्भमा यस कार्यालयबाट जारी हुँदै आएका नागरिकता, राहादानी लगायतका सबै सेवाहरु २०७७÷०५÷३१ सम्म स्थगीत गरिएको व्यहोरा अनुरोध छ ।’

गत भदौ ४ गतेदेखि १९ गते मध्यरातिसम्म अत्यावश्यक बाहेक सम्पूर्ण सेवा बन्द गर्ने गरि गरिएको आदेश पछि खुकुलो बनाउने भन्दै पुन अर्को सूचना निकालेको हो । कैलालीमा जारी निषेधआज्ञा केहि खुकुलो भए संगै मापदण्ड पूरा गरेर जिल्लाभरी जोरबिजोर प्रणाली अनुसार सार्वजनिक तथा नीजि सवारी साधन सञ्चालन गर्न पाईने छ । त्यस्तै यसरी संचालनमा सवारीले एक लाईनमा ५० प्रतिशत यात्रु मात्र बोक्न पाउने छन् । सिटी रिक्सा र अटोको हकमा जोरबिजोर प्रणाली अनुसार यातायात मापदण्ड पूरा गरी बढिमा दुई जना यात्रु राखि सञ्चालन गर्न पाईने छ । खाद्य वस्तु, इन्धन, खाना पकाउने ग्याँस, तरकारी, फलफूल, दुधडेरी, कपडा पसल लगायतका व्यवसाय स्वास्थ्यका मापदण्ड पूरा गर्न सञ्चालन गर्न पाईने भएको छ । विहान ५ बजे देखी बेलुकी ७ बजे सम्म स्वास्थ्य मापडण्ड पुरा गरि संचालन गर्न पाईने भए पनि राती ९ बजे देखी विहान ५ बजे सम्म हिडडुल भने गर्न पाईने छैन ।
शैक्षिक संस्था, प्रशिक्षण केन्द्रहरु, सिनेमा हल, पार्टी प्यालेस, फनपार्क, रंगशाला, फुटसल, खेलकुद स्थल, सैलुन, ब्यूटीपार्लर, स्वीमीङ पुल, जिमखाना, फिटनेस सेन्टर, स्पा, सैलुन लगायतका सेवा तथा स्थलहश्र संञ्चालन गर्न पाईने छैन । आन्तरिक नित्य पूजा बाहेकका सम्पूर्ण धार्मिक, साँस्कृतिक गतिविधिहरु सञ्चालन गर्न पनि पाईने छैन । कुनै पनि मेला, पर्व, महोत्सव र जात्रा सञ्चालन गर्न पाईने छैन । सरकारी तथा सार्वजनिक कार्यालयहरुले आलोपालो गरी न्यूनतम संख्यामा कर्मचारी उपस्थित गराई स्वास्थ्य सुरक्षाका मापदण्ड पालन गराई कार्यालय सञ्चालन गर्न पाउनेछन ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय