रोजेन्द्र जोशी / डोटीको बडीकेदार गाँउपालिकामा बेहोस अबस्थामा फेला परेको जिल्लाको आदर्श गाँउपालिकाका विनोद खड्काको मृत्यु भएको समाचार यति बेला चर्चामा छ ।
गैरसरकारी संस्थामा कार्यरत खड्का मंगलबार बिहान बडिकेदार गाउँपालिका–१ विपीनगरबाट दुई किलोमिटर अगाडि गोलेचौडमा बेहोस अवस्थामा फेला परेका थिए ।
उनी सवार से ५ प २६३१ नम्बरको मोटरसाइकल सडकमा बेहोसीको अवस्थामा सड्कमा नै ढलेको अबस्थामा देखिएका विनोदलाई उपचार गर्न लग्ने क्रममा मृत्यु भएको हो ।
उनी सवार मोटरसाईका र उनको अबस्था हेर्दा दुर्घटना नै भयो वा अन्य कुनै कुरा भयो भन्ने विषयमा यस्तै भएको हो भन्ने अबस्था छैन ।
विनोद मृत्यु प्रकरणमा घटना स्थलबाट प्राप्त फोटोहरु हेरि विश्लेषण गर्दा धेरै प्रश्नहरु देखिन्छन् । यि मध्ये फोटोमाथीका अनुसन्धानले यस्तो देखाउन्छ ।
अनुसन्धान : १
घटना स्थलको फोटो हेर्दा मोटरसाईकल चल्दै गरेको अबस्थामा लड्को जस्तो देखिन्छ तर मोटर साईकल चल्दा चल्दै नलडेको भन्ने कुरा बिनोद खड्काले चलाई रहेको मोटर साईकलको चावी उनको खल्तीमा भेटिनुले पुष्टी हुन्छ । अर्थात् उक्त घटना दुर्घटना होईन की भन्ने तिर ईसारा गर्छ ।
अनुसन्धान : २
खड्का अचानक बेहोस् भएर लडेको मान्ने हो भने पनि वेहोस् भई लड्ने मान्छेलाई बाईकको चावी निकालेर खल्तीमा राख्ने होस् कसरी आउन्छ ? यदि लडेको होईन भनी मान्ने हो मोटरसाईकल संगै उनी कसरी देखिए ? कुनै समस्या वा बेहोस् भई लडेको मान्ने हो भने मोटरसाईकलको चावी खत्तीमा राख्ने सम्मको होस् कसरी आयो ?
अनुसन्धान : ३
उनले प्रयोग गर्ने मोवाईल भेटिएको छैन । उनीले प्रयोग गरेको मोटरसाईकलको चावी खल्तीमा भेटीनु तर उनले सधै साथमा राख्ने मोवाईन घटनास्थलमा नभेटिनु पछाडीको कारण के हुन सक्छ ? विनोदले अन्तीम रात होटल श्रृजनामा विताएको देखिन्छ । उक्त होटलमा समेत उनले प्रयोग गरेको मोवाईल भेटीएको छैन । विनोदको मोवाईल किन भेटीएन ?
अनुसन्धान : ४
विनोद जुन होटलमा बसेका थिए सोहि होटलमा उनी संग एक जना साथी समेत थिए । संगै बसेको साथीलाई समेत विनोद कहाँ गए किन गए भन्ने विषयमा जानकारी छैन । एकै कोठामा बसेपछि कोठा बाट निस्कदा सामन्यतया जान्छु सम्म भन्नु पर्ने हो तर त्यस्तो केहि नभनीएको भन्ने कुरा बाहिर आएको छ । कोठाबाट निस्कदा उनले कोहि कसैलाई केहि भनेन् किन ?
अनुसन्धान : ५
विनोदलाई केहि अचालन केहि भयो लड्यो वा उनी वेहोस् भएर ढले । यदि यो कुरा मान्ने हो भने उनीले मोटर साईकल चलाउदा प्रयोग गरेको हेलमेट सिधा मोटर साईकलको अघाडी त्यो पनि विपरित दिशामा फर्किएको देखिन्छ । चालक मोटर साईकल देखि नउछटिने तर हेल्मेट फुल्कीने यो कसरी सम्भाव छ ?
अनुसन्धान : ६
घटना स्थलको फोटोहरु हेर्दा विनोदको एउटा हात नाख तिर राखेको देखिन्छ जुन हात जमिनको सतह भन्दा ठिक विपरित छ । उनी कोल्टो अबस्थामा देखिन्छन् । कोल्टो अबस्थामा रहेका विनोदको हातमा माटो देखिन्छ । जमिन संग सम्पर्क नरहेको हातमा माटो कसरी लाग्यो ?
अनुसन्धान : ७
प्रत्यक्षदर्शिहरुको भनाईलाई आधार मान्ने हो भने विनोदको शरिरमा निलडाम चोटहरु केहि देखिदैन । दुर्घटनामा परेका हुन् भने चोट लाग्नु पर्ने निलडाम हुनु पर्ने, त्यस्तो किन देखिएन ?
अनुसन्धान : ८
घटना स्थलमा जहा विनोद विहोस अबस्थामा देखिएको भनिएको छ सो स्थानबाट उनलाई उठाएपछि उनको टाउको रहेको स्थानमा सेतो तरल पदार्थ जस्तो फोटोमा देखिन्छ । त्यो तरल पदार्थ के हो र कसरी आयो ?
अनुसन्धान : ९
घटनास्थलबाट प्राप्त फोटो नियाल्दा उनको दुबै खुट्टाले जमिनमा खडल पारेको जस्तो देखिन्छ । तर उनको खुट्टा देखिएको स्थान भन्दा मोटरसाईकल अस्वभाविक रुपमा अलि अगाडी देखिन्छ । दुर्घटना भए वा विनोदले मोटरसाईक चलाउदा चलाउदै आफुलाई विसन्चो भएर मोटरसाईकल बाट झरेको हो भनी अनुमान गर्ने हो भने उनको खुट्टा मोटरसाईकलको विचभागमा हुनु पर्ने तर खुट्टा अलि पछाडी देखिन्छ ।
अनुसन्धान : १०
मोटरसाईकल केहि माथीबाट गुडेर आएको जस्तो देखिन्छ फेरि विचमा टायरको छाँप देखिदैन फेरि टायरको छाप देखिन्छ । दुर्घटना भएको कच्ची सड्क हो अरु सावारी चलेको डामहरु सड्कमा प्रष्ट देखिन्छ तर विनोद र उनी संग देखिएको मोटरसाईकको डाम भने जमिनमा प्रष्ट देखिएको छैन विचमा कटेको अबस्थामा देखिन्छ । आखिर यस्तो कसरी सम्भाव भयो ?
निश्कर्ष :
विनोद खड्का बेहोसी अबस्थामा फेला परेको घटना स्थलबाट प्राप्त भएका फोटोहरुलाई विश्लेषण गर्दा यि र यस्तै धेरै प्रश्नहरु खडा हुन्छन् । उनको मृत्यु कसरी भएको हो भन्ने विषयमा यस्तै हो भन्ने कुनै आधार प्रष्ट छैन । घटनाको प्रकृति हेर्दा धेरै प्रश्नहरु उब्जेका कारणले पनि यस घटनालाई विशेष रुपमा अनुसन्धान गर्न जरुरी छ । घटनाका बारेमा अनुसन्धान गर्ने अधिकारीहरुले मसिना कुराहरु समेत केलाएर घटनाका बारेमा अध्ययन गरे सहि कारण बाहिर आउन सक्ने देखिन्छ ।