काठमाडौं / कार्यालयमा कार्यरत एक कर्मचारीमा कोरोना संक्रमण देखिए संगै गत बुधबार देखी बन्द रहेको वैदेशिक रोजगार कार्यालय ताहाचलले आज देखि नियमित कामकाज गर्ने भएको छ ।
सोमबार देखि वैदेशिक रोजगार विभागकाले प्रवेशाज्ञाको अवधि सकिन लागेका तथा तत्काल गन्तव्य मुलुकमा पुग्न नसकी बेरोजगारी गुम्ने जोखिम भएका सेवाग्राहीको समस्यालाई ध्यानमा राखी सावधानीपूर्वक सीमित सेवा प्रदान गर्न लागिएको जनाएको छ ।
निषेधाज्ञापछि उक्त कार्यालयबाट वैदेशिक रोजगारीका लागि नियमित श्रम स्वीकृति जारी हुँदै आएकोमा केहि दिनका लागी बन्द थियो । कर्मचारी संक्रमित भएपछि कार्यालय संचालन भए पनि उक्त कार्यालयले सेवा प्रभाव भने बन्द गरेको थियो ।